free website hit counter

यसरी खुल्दैछन् सरकारी कार्यालय

beemaadmin
२०७७ जेष्ठ ३२, आईतवार

काठमाडौं । कोरोना कहरका कारण चैत १० गतेदेखि शुरु गरिएको लकडाउनसँगै बन्द भएका सरकारी कार्यालयहरु असार १ गतेदेखि पूर्ण रुपमा खुल्दैछन् । गत बुधवारको मन्त्रिपरिषद् बैठकले सरकारी कार्यालयहरू दुई सिफ्टमा सञ्चालन गर्ने निर्णय गरेसँगै बन्द कार्यालय खुल्ने भएका हुन् ।
मन्त्रिपरिषद्को निर्णय अनुसार अब सरकारी कार्यालय दुई सिफ्टमा खुल्नेछन् । नयाँ तयारी अनुसार अब दैनिक १० घण्टा सरकारी कार्यलयहरु खुल्नेछन् । जस अनुसार बिहान ८ बजेदेखि १ बजे र १ बजेदेखि ६ बजेसम्म दुई सिफ्टमा सञ्चालन हुनेछ । अब सम्पूर्ण सरकारी, संस्थान र गैरसरकारी कार्यालय दुई सिफ्टमा १० घण्टा खुल्नेछन् । पहिलो सिफ्ट बिहान ८ देखि १ बजेसम्म र दोस्रो सिफ्ट दिउँसो १ देखि बेलुका ६ बजेसम्मको हुनेछ । आधा–आधा कर्मचारीको पालो मिलाएर दुई सिफ्ट मिलाइनेछ । यस अघि कार्यालय समय सातामा ४० घण्टा मात्र हुने गरेकोमा अब सातामा ६० घण्टा खुल्नेछ । लामो समयदेखि अवरुद्ध सर्वसाधारणका काम छिट्टै र सहज ढंगले गरिदिन सरकारले कार्यालय समय साताको ४० घण्टाबाट बढाएर ६० घण्टा पु¥याएको हो । शुक्रबारसमेत कार्यालय बिहान ८ देखि बेलुका ६ बजेसम्म सञ्चालन हुनेछ ।

सम्बन्धित समाचार