free website hit counter

यसरी खुल्यो पापको पोको

beemaadmin
२०७६ माघ २१, मंगलवार

हेटौंडा । अपराधीले कुनै न कुनै कसुर छाडेकै हुन्छ । त्यसैले त जतिसुकै बाठो बन्न खोजे पनि जस्तासुकै अपराधका अभियुक्त वर्षाैपछि भए पनि पक्राउ पर्ने गरेका छन् । हेटौंडा–११ कि अजिता भुजेलको हत्यामा संलग्न ५ आरोपी प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय, मकवानपुरले मंगलबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै हत्यामा संलग्न ५ आरोपी प्रहरीले सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेमा हेटौंडा–९ का १८ वर्षीय सिमोन परियार, हेटौंडा–४ का २५ वर्षीय सुशील थापा मगर, हेटौंडा–११ कि २० वर्षीया एलिसा पाख्रिन, हेटौंडा–४ का २४ वर्षीय आशिष बल र हेटौंडा–४ का २१ वर्षीय बुद्ध लामा छन् । घटनामा संलग्न भनिएका २ जना भने अझै फरार छन् । अजिताको हराएको मोबाइल बुद्ध लामाले साथी आशिषलाई दिएका थिए । आशिषले आफ्नी पत्नी एलिसालाई दिएका थिए । सोही मोवाइल अन भएपछि प्रहरीले सबैलाई पक्राउ गरेको हो ।
यही माघ ४ गते बिहान हेटौंडा उपमहानगरपालिका–५, क्याम्पाडाँडास्थित कान्तिलोकपथमा अजिताको शव फेला परेको थियो । जिल्ला प्रहरी कार्यालय, मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक सुशीलसिंह राठौरका अनुसार, यौन सम्पर्कपश्चात् पैसाको विषयमा कुरा नमिल्दा भुजेलको हत्या गरिएको अनुसन्धानबाट खुल्नमा आएको छ । प्रहरीका अनुसार अजिताको हत्यापछि शव ट्रकमै राखेर क्याम्पाडाँडामा फालेको खुलेको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार