free website hit counter

यसरी दोब्बर हुन्छ बीमाङ्क रकम

beemaadmin
२०७६ कार्तिक २२, शुक्रबार

बीमा भनेको थोरै शुल्कले धेरै रकमको जोखिम हस्तारतण गर्ने प्रक्रिया हो । जहाँ जोखिम हुँदैन त्यहाँ बीमाको औचित्य पनि हुँदैन । मानव समुदाय र उससँग सम्बन्धित कलकारखाना, सवारी साधन, घर, सम्पत्ति आदि सबैको जोखिम जति बेला पनि भइरहन्छ । जीवन बीमामा व्यक्तिको दुर्घटना र मृत्युको जोखिम रहन्छ भने निर्जिवन बीमामा घर, सम्पत्ति, सरसामान ओसारपसार गर्दा हुने विविध प्रकारका जोखिम रहन्छ र बीमाको आवश्यकता पर्दछ ।

जीवन बीमा हाल आएर अधिकांश बीमकले प्राणघातक रोग (Critical illness)को पनि सुविधा दिएका छन् जसमा उक्त रोग वा बीमा लेखमा उल्लेखित रोग लागेमा उपचार खर्च बीमाङ्क रकम (बीमा गरेको रकम) बराबर वा बीमा लेख (बीमा गरेको सक्कल प्रमाण) मा उल्लेखित सर्तअनुसार नै बीमा कम्पनीले व्यहोर्दछ र उक्त रकम आफ्नो बीमाङ्क रकम (बीमा लेखमा उल्लेखित बीमाङ्क रकम) बाट घटाइँदैन र सुरक्षित बसीरहन्छ ।

अब शीर्षकको प्रसंगमा प्रवेश गरौं । प्राय जीवन बीमाको कुरामा दोब्बर हुन्छ भन्ने कुरा अभिकर्ताले ग्राहकलाई भन्ने गर्दछन् भने कतिपय ग्राहकहरु जसले जीवन बीमा गरेका छन् उनीहरुको प्रश्न भनेको बोनस कहिले पाइन्छ ? भन्ने हुन्छ र बीमा गर्दैमा तुरुन्तै दोब्बर पाइने पनि होइन यो भनेको गणितमा चल्ने व्यवसाय हो । आफूले आर्जन गरेको नाफाको आधारमा बोनस दर निर्धारण गरिन्छ । यसैको आधारमा कति रकमको (बीमाङ्क) बीमा गरेको हो । बीमाको अवधि समाप्त भएपछि कति रकम फिर्ता हुन्छ भन्ने मोटामोटी अनुमान हुन्छ । किनकि प्रत्येक वर्ष नाफा प्राय बढेकै हुन्छ र रकम पनि बढाएरै पाइन्छ ।

दोब्बर हुने प्रक्रिया
बीमा कम्पनीको (बीमक) बोनसदर प्राय प्रतिहजार रु ४० देखि ८०/८५ सम्म पाइन्छ । यहाँ सालाखाला हिसाव वा औसत बोनस दरको आधारमा प्रस्तुत गरिन्छ । यदि एउटा व्यक्तिले रु ७० प्रतिहजार बोनस दर कायम भएको कम्पनीमा रु १० लाख रुपैयँयाको (बीमाङ्क) सावधिक जीवन बीमा १५ वर्ष अवधिको गरेमा ३० वर्ष उमेरसम्मको व्यक्तिको बीमा शुल्क वार्षिक ७० हजार (सालखाला) पर्न आउँछ ।

जब बीमालेख जारी हुन्छ वा बीमितको प्रस्ताव (बीमा गर्ने व्यक्ति) स्वीकृत गरी बीमा शुल्क ग्रहण गर्दछ । तब बीमा सक्रिय वा बीमाको परिधिभित्र जोखिम बहन र बोनस आर्जन योग्य हुन्छ । यस हिसावमा प्रतिवर्ष रु ७०,००० बीमा शुलक तिरिन्त र प्रतिवर्ष रु ७०,००० नै बोनस जोडिन्छ तर तत्काल फिर्ता दिइँदैन । नियमित बीमा शुल्क तिरेर १५ वर्ष पुगेको दिनमा बीमाङ्क रकम रु १०,००,००० र बोनस रकम रु १०५०००० गरी जम्मा २० लाख ५० हजार बीमित (बीमा गर्ने व्यक्ति वा प्रस्तावक) ले पाउँछ । दोब्बर पाइन्छ भनेको यही हो ।

माथि उल्लेख गरिएको विवरणमा के देखिन्छ भने रु ७० हजार लगानी गरेर वर्षभित्रमा रु ७० हजार नै आम्दानी गर्ने व्यापारिक क्षेत्र नेपालमा अरु छैन तर बीमाले जोखिमसहित कभर गर्दछ, अझ दुर्घटना, असाध्य रोगको उपचार खर्च समेत दिएर व्यक्तिको आर्थिक अवस्थालाई कमजोर बन्न दिँदैन ।

सम्बन्धित समाचार

सूर्य ज्योति लाइफ १७औं वर्षमा

beemaadmin
२०८१ बैशाख ११, मंगलवार

गुराँस लघुवित्तको नाफा २ करोड माथि

beemaadmin
२०८१ बैशाख ११, मंगलवार

मधु मरासनीलाई अर्थ सचिवको जिम्मा

beemaadmin
२०८१ बैशाख १०, सोमबार