free website hit counter

यसरी बनाऔं स्वादिष्ट मटन विरयानी

beemaadmin
२०७७ कार्तिक १, शनिबार

दशैं भन्ने बित्तिकै मासुको पर्व हो । सधैं एकै स्वादको मासु खानु भन्दा फरक दिन फरक स्वादको परिकार खान सके यस पटकको दशैं अझै यादगार बन्नेछ । हामीले यहाँ स्वादिलो मटन बिरयानी बनाउने तरिका प्रस्तुत गरेका छौं ।

चाहिने सामान

Advertisement
Advertisement

मटन एक केजी
वासमती चामल एक केजी
घिउ एक कप
वटर आधा कप
मटन मेरिनेट गर्ने सामान
दही बाक्लो एक कप
खुर्सानी पाउडर आधा चम्चा
अदुवा, लसुन पेष्ट एक चम्चा
गरम मसला आधा चम्चा
मिट मसला आधा चम्चा
नुन स्वाद अनुसार
बेसार हल्का
तेल दुई चम्चा
यी सबै सामान हालेर मटन मेरिनेट गरेर ३० मिनेटसम्म राख्ने ।

Advertisement
Advertisement

गे्रभी मसलाको सामान
टमाटर पिसेको एक कप
प्याज ब्राउन गरेर पिसेको एक कप
टमाटर पिउरी आधा कप
वियरयानी मसला एक चम्चा
ल्वाङ, सुकुमेल पाँच–छ पिस
तेजपात तीन–चार पिस
जिरा पाउडर आधा चम्चा
मिट मसला एक चम्चा
केसर आधा सानो चम्चा दूधमा भिजाउने
अदुवा, लसुन चप एक चम्चा
धनियाँ चप एक चम्चा
घिउ एक कप
कसुरी मेथी एक चम्चा

बनाउने विधि

कुनै बाक्लो भाँडोमा घिउ हालेर अदुवा, लसुन चप फुराउने । त्यसपछि टमाटर पिउरी, प्याजको पेष्ट, मसला, जिरा पाउडर, बेसार हालेर नुन हालेर राम्रोसँग पाक्न दिने । अर्को भाँडोमा मेरिनेट गरेर राखेको मटनलाई थोरै तेल, ल्वाङ, सुकुमेल हालेर १० मिनेटजति पकाउने । मटन आधा पाकेपछि ग्रेभीमा मिक्स गरेर राख्ने । अर्कोतिर कुनै भाँडोमा अलि धेरै पानी उमाल्ने । २० मिनेटपहिला भिजाएर राखेको चामलको पानी छानेर उम्लेको पानीमा हालेर चामल आधा पाकिसकेपछि पानी छानेर राख्ने । अब विरयानी बनाउने बाक्लो भाँडोमा हल्का घिउ राखेर तल मटन हाल्ने र मटनमाथि राइस हाल्ने र राइसमाथि फेरि मटन हाल्ने र माथि राइस, केसर, ड्राई फ्रुट हालेर तीन लियर बनाएर माथिबाट सिलवर फोएलले कभर गरेर ढक्कनले बाहिर हावा नजाने गरी छोपेर मधुरो आगोमा २० मिनेटजति पकाउने । पाकिसकेपछि कुनै ट्रेमा हालेर ड्राई फ्रुट, केसरपानीले गार्निस गरेर सर्भिस गर्ने ।

नोट : प्रत्येक लियरमा केसर पानी राख्न नभुल्नुहोला ।

सम्बन्धित समाचार