free website hit counter

यसरी बन्छ शक्तिदायक सुत्केरी मसला (रेसिपी)

beemaadmin
२०७७ श्रावण १, बिहीबार

आवश्यक सामान

दूध चार लिटर
घिउ ६०० ग्राम
मिश्री एक केजी
मेथी ८० ग्राम
सुप ४० ग्राम
नेपाली सुप ८० ग्राम
चम्सुर दाना ८० ग्राम
दाख २०० ग्राम
छोकडा १०० ग्राम
ल्वाङ, सुकमेल मिक्स १०० ग्राम
दालचिनी ४० ग्राम
काजु २०० ग्राम
नरिवल ३०० ग्राम (टुक्रा पारेको)
बत्तिसा १०० ग्राम
गँुद २०० ग्राम
देसी बदाम ८० ग्राम
ज्वानो ५० ग्राम

Advertisement
Advertisement

बनाउने विधि
सबै मसला मसिनो गरेर पिस्ने र काजु, छोकडा, बदाम, नरिवल सानो–सानो पिस बनाएर काट्ने । दूधलाई सफा बाक्लो भाँडोमा उमाल्ने । फ्राई पेनमा घिउ तताएर सबै मरमसला हल्का फुराउने र खैरो–खैरो भएपछि दूधमा हालेर पकाउने । गुँदलाई पनि हल्का खैरो–खैरो हुने गरी फुराउने र दूधमा हालेर पकाउने । दूधलाई विस्तारै–विस्तारै मधुरो आगोमा करिब एक अथवा डेढ घण्टासम्म चलाउँदै पकाउने । यदि साह्रो भयो भने बीचमा पनि दूध उमालेर थप्न सकिन्छ । मसला ठिक्कको लेदो भएपछि आगोबाट निकालेर राख्ने । अब सुत्केरी मसला तयार भयो । सुत्केरीलाई थोरै–थोरै मात्रा खुवाउनुपर्छ । एकै पटक धेरै खुवाएमा पचाउन गाह्रो हुन्छ र बिरामी पनि हुन सक्छ । यसरी बनाएको मसलालाई घरमा फ्रिज छ भने सकभर फ्रिजमा राख्ने र खाने बेलामा तताएर खाने । फ्रिज नभए एक हप्तासम्मलाई बाहिरी तामक्रममा राखेर पनि खान सकिन्छ । चिसो मौसममा बारम्बार तताउन आवश्यक छ ।

Advertisement
Advertisement

सम्बन्धित समाचार