free website hit counter

यसरी हाे काेराेना फैलिने

beemaadmin
२०७७ जेष्ठ १, बिहीबार

सामान्य रुघाखोकी लागेको एक जना व्यक्तिले १.३ जनालाई सार्न सक्छ | एक जना रुघाखोकी लागेको व्यक्तिले १.३ जनालाई १.३ जनाले १.३ * १.३ = १.६९ गर्दै १० पटक गुणन प्रक्रिया पुरा गर्दा १४ जनामा रुघाखोकी सर्दछ |
तर कोरोना संक्रमण सामान्य फ्लु भन्दा ३ गुणा संक्रामक छ |
WHO ले एउटा कोरोना संक्रमितले २ देखि २.५ जना मान्छेलाई रोग सार्न सक्छ भनेपनि धेरै अध्ययनले ३ जना व्यक्तिलाई सार्न सक्ने बताएका छन् |
एक जना संक्रमितले ३ जना स्वस्थ्य व्यक्तिलाई कोरोना संक्रमण सार्न सक्छ भने ३ जनाले ३ * ३ = ९ जनालाई गर्दै यो प्रकृया १० पटक पुरा हुँदा ५९,०४९ जनालाई कोरोना संक्रमण सर्न सक्दछ |
.
यो तथ्यांकले के देखाउंछ भने १ जना व्यक्ति गैह्र जिम्मेवार बन्यो भने, अन्य व्यक्तिले आफ्नो सुरक्षा सतर्कता अपनाएनन् भने तथा सरकारले लकडाउन / भिडभाड / आवतजावत नियन्त्रण गर्न सकेन भने १ जना संक्रमितले माथि उल्लेखित प्रकिया पुरा गर्दा ५९ हजार ४९ व्यक्ति कोरोना संक्रमित हुनसक्छन् |
.
जुन व्यक्ति सेल्फ आइसोलेसनमा बस्छ अर्थात घरभित्र सुरक्षित रुपमा बस्दछ, उक्त व्यक्ति यो प्रकृयाको भागिदार हुँदैन |
.
त्यस्तै अत्यावश्यक काम परे मात्र घर बाहिर निस्किने, मास्क / चस्मा / पंजा प्रयोग गर्ने , न्युनतम ६ फिटको व्यक्तिगत दुरी कायम गर्ने, साबुनपानीले हात धोइरहने तथा घर फर्केपछि बाहिरी कपडा / झोला / मास्क / चस्मा / पंजा बाहिर राख्ने, नुहाउने लगायतका सुरक्षित अभ्यास गर्दा कोरोना संक्रमणको चेन तोडिन्छ | जसले गर्दा माथि उल्लेखित किसिमले संक्रमण बिस्तार हुँदैन |
.
त्यस्तै क्वारेन्टाइनलाई ब्यापक र प्रभावकारी बनाउने, परीक्षणको दायरा बढाएर संक्रमितलाई आइसोलेसनमा राख्ने एबम सिमाना १०० % शिल गर्ने काम प्रभावकारी हुँदा संक्रमणको प्रक्रिया न्यून हुन्छ |

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार