काठमाडौं । कोरोना कहरका कारण भीडभाडमा जानुभन्दा अनलाइन सपिङ नै सहज भइरहेको बेला नेपालको अग्रणी अनलाइन शपिङ्ग साइट दराजले वर्षकै सबैभन्दा ठूलो दशैं सेल ‘दराज दशैं धमाका’ लिएर आएको छ। यो धमाकेदार अभियान यहि असोज १९ देखि शुरु हुने भएको छ। दिनहुँ कोरोना भाइरस संक्रमितको संख्या बढ्दै जाँदा यस अभियानमार्फत उपभोक्ताहरुले आफ्नो घरमै सुरक्षित भई दशैँको किनमेल गर्न सक्नेछन्।
यस अभियानअन्तर्गत उपभोक्ताहरुले राष्ट्रिय र अन्तर्राष्ट्रिय ब्राण्डहरुमा मेगा डिल्स्, दराज मलमा पाहिने ब्राण्डेड उत्पादनहरूमा भारि छूट, आकर्षक भउचरहरु, बम्पर उपहारमा टिभीएस अपाचे आरटीआर १६० ४भीएसडी, कार्ड प्री–पेमेन्टमा छुट, फ्ल्यास सेल्स, निःशुल्क वितरण, हट पिकहरू, रोमाञ्चक मोबाइल गेमहरू, दराज वन रुपी गेम, वील अफ फोर्च्युन र अन्य धेरै आकर्षणहरुको लाभ उठाउन सक्नेछन् । यस सेल अभियानको विशेष पार्टनरहरुको रूपमा टिभीएस, र कोकाकोला रहेका छन् । त्यसैले उपभोक्ताहरुले यी अग्रणी ब्राण्डका उत्पादनहरूमा आकर्षक अफरहरुको पनि लाभ उठाउन सक्दछन्।
दराजले अग्रणी बैंकहरूसँग साझेदारी गरी डेबिट र क्रेडिट कार्डमार्फत पूर्व भुक्तानीमा २० प्रतिशत (अधिकतम २५०० रुपैयाँ) सम्मको छुटको पनि व्यवस्था गरेको छ । नबिल बैंक, एनआईसी एशिया, स्टयाण्डर्ड चार्टर्ड, सानिमा बैंक, ग्लोबल आईएमई, मेगा बैंक, एनएमबी बैंक, नेपाल बंगलादेश बैंक, र कुमारी बैंकका ग्राहकहरूले यसमा छुट पाउन सक्नेछन् । यदि उपभोक्ताहरुसँग उक्त बैंकहरुको कार्ड छ तर अन्लाइन पेमेन्ट सुचारु छैन भने आफ्नो बैंकसँग सम्पर्क गरी सुचारु गर्न सकिन्छ ।