free website hit counter

यस्ता खाद्यान्न जसले शरीरको रोग प्रतिरोधक शक्ति बढाउँछ

beemaadmin
२०७६ चैत्र १५, शनिबार

अन्न पानीको शरीर खानपानले नै मानिसलाई रोगसँग लड्ने क्षमता वृद्धिगर्छ भने खान नजान्दा त्यही खाना रोग बनेर आउँछ । रोगसँग लड्ने शरीरको प्रतिरक्षा प्रणाली कमजोर भयो भने मानिसलाई जुनसुकै रोगले पनि चाँडै आक्रमण गर्छ। यसकारण हामीले आफ्नो प्रतिरक्षा शक्ति बलियो बनाउनेतर्फ ध्यान दिनुपर्छ। शरीरको रोग प्रतिरक्षा प्रणाली बलियो भयो कुनै पनि किटाणुले हत्तपत्त आक्रमण गर्न सक्दैन। हामीले यहाँ रोग प्रतिरक्षा प्रणाली बलियो बनाउन खानुपर्ने केही वस्तुहरुको बारेमा चर्चा गरेका छौं ।

लसुन
लसुन संसारभरि प्रचलित मसला हो। लसुनमा जिंक तत्व हुन्छ। पहिलेका मानिसले लसुनलाई संक्रमणबाट बच्ने औषधिका रूपमा लिन्थे। यसकारण दैनिक भोजनमा लसुन समावेश गर्दा शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढ्छ।

मौसमी फलफूल
बेमौसमी फलफुलमा अनेकथरि रसायन प्रयोग हुने भएको हुँदा मौसमी फलफुल स्वास्थ्यका लागि लाभदायक मानिन्छ । रसदार फलफूलमा प्रशस्त मात्रामा भिटामिन ‘सी’ पाइन्छ। भिटामिन सीले फ्लु तथा चिसोको एलर्जीसँग लड्ने क्षमता बढाउँछ। भिटामिन सी अंगुर, सुन्तला, मौसम, कागती, जुनार, भोगटेजस्ता फलफूलमा पाइन्छ। यसर्थ यस्ता फलफूल दैनिक भोजनमा समावेश गर्नुपर्छ।

पहेंंला तरकारी तथा फलफूल
पहेंला तरकारी तथा फलफूलमा भिटामिन सी र ए को मात्रा पर्याप्त मात्रामा पाइन्छ। यस्ता खानेकुराले पनि शरीरमा रोगसँग लड्ने प्रतिरक्षा शक्ति बढाउँछन्। आँप, पलम, आरु, खुर्सानी, गाजर, फर्सीजस्ता फलफूल तथा तरकारीमा उक्त भिटामिन पाइन्छन्।

ब्रोकाउली
यो तरकारी भिटामिन र खनिजका लागि उत्तम मानिन्छ। यसका साथै यसमा भिटामनि ए, सी र इ समेत पाइन्छ। यसलाई बढी पकाउनु भने हुँदैन। बढी पकाउँदा भिटामिन नष्ट हुन्छ।

अदुवा
अदुवाले घाँटीको संक्रमण हटाउन सहयोग गर्छ। साथै शरीर सुन्निएको तथा अन्य विभिन्न रोगमा समेत यसले उत्तिकै फाइदा पुर्याउँछ। यसकारण यसको नियमित सेवनले शरीरमा रोगसँग लड्ने क्षमता बढाउँछ।

पालुंगो
पालुंगाको साग शरीरमा प्रतिरक्षा शक्ति बढाउन अति उपयोगी छ। कारण यसमा भिटामिन ए, सी प्रशस्त मात्रामा पाइनुका साथै ‘एन्टिअक्सिडेन्टल’ तत्व हुन्छ। यी तत्वहरूले शरिरमा प्रतिरक्षा क्षमता वृद्धि गर्न सहयोग गर्छन्। यसमा ब्रोकाउलीमा जत्तिकै क्षमता हुन्छ।

बदाम
आल्मोन्डमा भिटामनि सी र ई पाइन्छ। यो शरीरका लागि अत्यन्त पोषक तत्व मानिन्छ। यसका साथै आल्मोन्डमा पाइने तेलले शरीरलाई झरिलो पार्छ। सुकेका ४६ दाना आल्मोन्डले सय प्रतिशत भिटामिनको काम पूरा गर्ने मान्यता राखिन्छ।

बेसार
बेसारमा यस्तो शक्ति हुन्छ, जसले किटाणु मार्छ। यसका साथै यसमा हुने तत्वले बाथरोगका कारण हुने हड्डी टुक्रिने तथा सुन्निने समस्याबाट बचाउँछ। नियमित खानामा बेसार प्रयोग गर्दा मांशपेसी नष्ट हुन दिँदैन।

मेवा
मेवामा पाइने भिटामिन सी, बी, फोलेट र पोटासियम जस्ता तत्वले शरीरको प्रतिरक्षा शक्ति बढाउँछन्। साथै पोटासियमले पाचनशक्ति बढाउनुका साथै संक्रमणविरुद्ध काम गर्छ।

सम्बन्धित समाचार