free website hit counter

यस्ता ठेकेदारलाई बेलैमा डाम्न सकेको भए….

beemaadmin
२०७७ भाद्र २२, सोमबार

काठमाडौं। राजनीतिक पहुँच र सरोकारवालाहरुलाई बसमा पार्न सक्ने भएै कारण शारदा प्रसाद अधिकारीहरुले सडकको ठेक्का मात्रै होइन मल ल्याउने ठेक्का पनि पारेका हुन्छन् ।

सडक लथालिंग पारेर छाड्दा उनै ठेकेदार ठालू हुन्छन् सरकार ठेकेदारका अगाडि लत्रिनु पर्ने अवस्था भएपछि कृषिप्रदान देशमा कृषकले मलको लाइन नबसेर के गर्नु ? कृषि मल आयातका लागि ठेक्का पाएका ठेक्कादारले ठेक्का शर्त बमोजिम समयमै मल आयत नगरेको भन्दै सरकारले ठेक्का सम्झौता रद्द गरेको छ।

समयमै मल आयात नगर्ने शैलुङ इन्टरप्राइजेज र होनिको मल्टिपलको ठेक्का सम्झौता कृषि सामाग्री कम्पनी लिमिटेडले रद्द गरेको हो। भदौ २० गतेसम्म आयात गरिसक्नु पर्ने मल हालसम्म आायेत नहुँदा कृषक मारमा परेका छन् भने सरकारले बंगलादेशबाट पैँचोमा मल ल्याउने प्रक्रिया अगाडि बढाएको छ। ठेक्का शर्त बमोजिम समयमै मल आयात नगरेपछि ठेक्का रद्द गरी धरौटी रकम जफत गर्ने निर्णय गरेको हो। शैलुङको करिब ४ करोड ८० लाख र होनिकोको करिब ४ करोड ८० लाख रुपैयाँ धरौटी जफत हुनेछ।

कृषि सामग्री कम्पनीका अनुसार आर्थिक वर्ष २०७६–७७ को लागि यी दुई कम्पनीले २५–२५ हजार मेट्रिक टन ठेक्का सम्झैता गरेका थिए। कृषि मन्त्रालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा कृषि तथा पशुपन्छी मन्त्री घनश्याम भुसालले शैलुङको ४ करोड ८० लाख र होनिकोको ४ करोड ८ धरौटी रकम जफत गर्ने निर्णय भएको जानकारी दिए। यस्ता बदनाम ठेकेदारलाई दुईचारवटा बेइमानी गर्दा नै समाउन सकेको भए आज कृषकका अगाडि हात जोडेर माफी माग्नु पर्ने अवस्था आउने थिएन । कृषकले सहजै मल पाउँथे ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार