free website hit counter

यस्तो अवस्थामा यौन दुर्वलता आउनसक्छ

beemaadmin
२०७७ फाल्गुन २४, सोमबार

यौन दुर्वलता र यौन असन्तुष्टिले मानिसको जीवन असफल बनाउन सक्छ । यौन इच्छामा कमी हुनुलाई नै यौन दुर्वलता भनिन्छ । यसको लक्षण मानसिक तथा शारीरिक दुबै रुपमा देख्न सकिन्छ । यौन इच्छामा कमी हुनु, यौन सम्पर्कमा रुची नहुनु जस्ता कुराले मानसिक रुपमा यौन दुर्वलताको संकेत गर्दछ । यौन इच्छा वा सम्पर्कका बेला लिंगमा कडापन नआउनु, मोटो वा ठूलो नहुनु शारीरिक रुपमा देखिने यौन दुर्वलताको संकेत हो । यो या त्यो जुनसुकै कारणले पनि महिला या पुरूष दुबैमा यौनको भोक नलाग्नु वा यौनको प्यास मेटन नसक्नु यौन दुर्वलता हो ।

यौन दुर्वलता गम्भीर विषय भएपनि यो प्राय गोप्य राखिन्छ । नेपाली संस्कारमा यौन र यौनसमस्यालाई संकुचित रुपमा हेर्ने गरिन्छ । तर बिकसित राष्ट्रहरूमा यौन, यौन समस्या र समाधानका वारेमा खुलेर बहस गरिन्छ । समस्यालाई जति कुन्ठित गरियो, उतिनै बढदै जान्छ । पछि गएर यसले ठूलो समस्याको रुपमा सताउन सुरू गर्छ । यौन दुर्वलता देखिनुको प्रमुख कारण मनोविज्ञान, तनाव, हर्मोनमा कमी र पुरुषहरुमा प्रोस्टेटको संक्रमण हुनु हो । व्यक्तिको खानपान, रहनसहन तथा जीवनशैलीले पनि यौन दुर्वलतामा सघाउ छ ।

यौन दुर्बलता एक दुईवटा कारणले मात्रै हुने होइन । केही यस्ता कारण छन् त्यसले अन्य स्वास्थ्य समस्यासंगै यौन दुर्बलतामा धकेल्छ । धूमपान, मध्यपन, मानसिक तनाव र कुनै दिर्धरोग पनि यसका प्रमुख कारण हुन् । पुरुषको लिंगमा मसिना रक्तनली हुन्छन्, धूमपानले ती मसिना रक्तनलीलाई साघुरो बनाउछ । जसले लिंगमा रक्तप्रवाहमा अवरोध पैदा हुन्छ । जव रक्तप्रभाव नै बन्द भयो भने लिंगमा कडापन हुन सक्दैन् । त्यस्तै मध्यपान, उच्चरक्तचाप, मधुमेह तथा छारेरोगको भुमिका पनि उत्तिकै महत्वपूर्ण हुन्छ । त्यस्तै बोसोयुक्त मासुको सेवन, उच्च कोलेस्ट्रोल, मोटोपना र प्रोस्टेट ग्रन्थीमा देखिने दीर्घकालिन संक्रमणले यौनक्षमतामा ह्रास भई यौन दुर्वलताको समस्या हुने गर्छ । पुरुषहरुमा आर्थिक तथा सामाजिक समस्या तथा तनावले सेक्स हर्मोनको स्तरमा गिरावट हुनसक्छ र यस्तो गिरावटले पुरुषको यौन इच्छा तथा कामवासना शक्तिमा समेत असर पुर्याउछ ।

लाजका कारण पालिएको रोग
समयमै उपचार गरियो भन यौन दुर्वलता सामान्य स्वास्थ्य समस्या हो । तर यौनका बारेमा खुलस्त कुरा गर्न नसक्ने नेपाली समाज र यही समाजमा हुर्केका आमसर्वसाधारणले लाजका कारण रोग लुकाउदा समस्या बल्झिने गरेको हो । कतिपयले साह्रै समस्या भएपछि मानिसहरु छाला तथा यौनरोग, मनोचिकित्सक, यौन चिकित्सक, इन्डोक्रोनोलोजिस्ट कहाँ समस्या लिएर उपचारका लागि जाने गरेको पाइन्छ । तर पनि उनीहरुमा डर, भय, लाज र प्रतिष्ठाको विषयले जकडीरहेका हुन्छन् । अझ भनौ यसले व्यक्तिगत जीवन पारिबारिक जीवन, दाम्पत्य जीवनमा समेत ठूलो असर पारिरहेको हुन्छ । यौन दुर्बलताका कारण श्रीमान श्रीमतीबीच मनमुटाव बढ्ने, विवाह गर्ने बेलामा नगर्न खोज्ने, एक खालको आफूलाई हिनताबोध गर्ने जस्ता समस्या समेत देखिन्छ । फलस्वरूप आर्थिक उपार्जन तथा सामजिक कार्यमा समेत गहिरो प्रभाव पार्छ ।

यस्तो भयो भने यौन दुर्बलता हुन सक्छ
यौन दुर्बलता भएका व्यक्तिहरु शारीरिक रुपमा कमजोरी महसुस गर्ने खालका हुन्छन् । सहबासका बेला भाग्न खोज्ने, सेक्स पार्टनरसंग तर्कने गतिविधि देखाउने गर्छन् । दिनभर काममा व्यस्त हुने, मानसिक रुपमा तनावमा पर्ने व्यक्तिलाई यौन दुर्बलता हुनसक्छ । यो समस्या बढदै जाँदा मानसिक तथा अन्य समस्या समेत देखा पर्न सक्छ । यौन क्रियाकलापलाई असर पर्ने गतिविधिबाट जोगिनु राम्रो हुन्छ । यौन दुर्बलतामा परेका व्यक्तिमा सबैभन्दा बढी समस्या मानसिक रुपमा हुन्छ । लाज, डर र प्रतिष्ठाका कारण खुलेर आफ्नो समस्या व्यक्त गर्न नसक्दा कतिपय ब्यक्तीहरूमा गम्भीर मानसिक समस्या समेत देखिन्छ । त्यति मात्रै होइन, लाजकै कारण यौन दुर्वलतमा फसेका व्यक्तिहरु यौन तथा गोप्य अङ्गमा समस्या हुँदा समेत चिकित्सककोमा जान सक्दैनन् । रोग लाग्नु समस्या होइन त्यसको समाधानमा नजानु चाहि ठूलो समस्या हो । यौन दुर्बलताका कुनै एक कारण नभइ बिभिन्न कारणहरु छन् ।

यौन दुर्बलता बढाउन सहयोग पुरयाउने तत्वहरु
व्यक्तिको चेतना प्रमुख कारण हो । अनी डाक्टरहरुसंग खुलेर नबोल्ने । यदि बोले पनि झस्किने अर्को कारण हो । त्यस्तै ब्यक्तिको शरीरमा हुने विभिन्न समस्या जस्तै मधुमेह, लिंगमा बोसोको डल्ला आउनु, उच्च रक्तचाप, छारे रोग, धुम्रपान र मध्यपानको सेवन, नशा च्यापिएको आदि पनि यौन दुर्बलताका कारक तत्व मान्न सकिन्छ । यौन शक्ति शारिरिक र मानसिक दुबैमा निर्भर हुन्छ । त्यसैले यौन दुर्बलता भएको खण्डमा यौनकार्यमा रुची नहुने, आफू र आफ्नो साथीलाई पूर्ण सन्तुष्टि दिन नसकिने हुन्छ । तर यौन दुर्बलताको कारण थाहा पाउन सकेमा, सोही अनुसार खानपिन तथा अन्य व्यवहारजन्य कुरामा सुधार गर्ने हो भने सहज यौनजीवनमा सजिलै फर्किन सकिन्छ ।

यौन दुर्वलता हुन नदिन के गर्ने 
यौन दुर्वलता हुन नदिन शारीरिक एबं मानसिक रुपमा फिट हुनुपर्छ । त्यसका लागि केही उपायहरु गर्न सकिन्छ । जस्तो कि पुरुषत्व कायम राख्नका लागि सफल सामाजिक जीवन र मानसिक स्वास्थ्यका लागि समेत शरीरमा यो पुरुष हर्मोनको मात्रा सन्तुलित हुनुपर्छ । यौन दुर्बलतामा मानिसको मनस्थिति र वातावरणको जति प्रभाव हुन्छ, त्यति नै उसको खानपिन र यौनका बेला गर्ने व्यवहारले पनि असर पार्छ । जाँड, रक्सी, चुरोट र सुर्तिजन्य बस्तुको अत्याधिक सेवनले लिङगको कोशिकाहरुमा प्रभाव पार्दछ । साथै, यो यौन शक्ति कमजोर हुनुको एक मुख्य कारण हो । यसैगरी मानसिक तनावले पनि हार्मोनमा परिवर्तन ल्याउछ । यौन शक्ति कम गर्ने कारण मध्ये एक यो पनि हो । केही बिरामी अवस्थामा जस्तो कि मधुमेह तथा उच्चरक्तचापले पनि यौन शक्ति कम गर्दछ । यसका साथै मानसिक समस्या अर्थात डिप्रेसनका औषधी लिने व्यक्तिमा पनि यौनइच्छा कम हुन्छ । त्यसैले पर्याप्त निद्रा लिनुहोस् । नियमित आराम गर्नुहोस् । कम्तिमा पनि दिनको ७ देखि ८ घण्टा सुत्नु राम्रो हुन्छ । थाह पाउनै पर्ने कुरा के हो भने शरीरमा उत्सर्जन हुने अधिकांस सेक्स हर्मोन निद्रावस्थामै उत्पादन हुने गर्छ ।
मोटो तौललाई घटाउने, औषधी उपचार गराउने, हेपाटाइटिस बि बिरुद्ध खोप लगाउने, धुम्रपान तथा मध्यपान सेवन नगर्ने, ब्यायाम गर्ने, पोसिलो खानेकुरा खाने गर्नु पर्दछ । चिकित्सकसँग नियमित परामर्श लिनाले पनि यस रोगको समाधान हुन सक्दछ । समस्याको हल नै रोगको अचुक उपाय हो । रोगलाई रोकेर, लुकाएर हुदैन । बरु समाधानतिर लाग्नुपर्छ । आफ्नो समस्या संबन्धित यौन साथी र चिकित्सकलाइ खुलेर भन्नपर्छ । यसले ब्यक्तीको आत्माविस्वस बढनुका साथै जीवन सहज हुन्छ ।

समाधानको लागी केही धरेलु उपाय

सारिरिक सम्पर्कका बेला यौन उत्तेजना नभएको भन्दै धेरै दम्पतिमा खटपट हुने गरेको छ । यस्तो समस्याको समाधान अब घरेलु तरिकाबाट नै हुन्छ । यौन उत्तेजना बढाउन बिभिन्न खानेकुराहरुको प्रयोग गर्न सकिन्छ ।

मह
आफ्नो यौन क्षमता बढाउन मह खाने गर्नुहोस् । या महबाट बनेका खानेकुराहरु पनि खान सक्नुहुन्छ । महमा भिटामिन बी पाइन्छ । पुरुषमा टेस्टोरोन ९सेक्स हर्मन० उत्पादन गर्न भिटामिन बीको आवश्यकता पर्छ । महले रगतको तहलाई पनि सशक्त बनाउँछ ।

लसुन
प्राचीनकालदेखि नै यौन उत्तेजकको रुपमा लिईने लसुन सधै खाने गर्नुहोस् । अरुसँग बोल्दा दुर्गन्ध आउने भन्दै धेरै लसुन खान डरााउँछन् । तर लसुनमा एलिसिन नाम गरेको तत्व हुन्छ यसले रक्त प्रबाहलाई सुर्धाछ, अत्याधिक सचेत बनाउछ । स्टेमिना बढाउँछ र एक प्रकारको ऊर्जा प्रदान गर्छ । कालो लुसनमा यो गुण अझै बढी हुन्छ ।

अदुवा
यौन उत्तेजना ल्याउन अदुवा पनि उत्तिकै प्रभावककारी खानेकुरा हो । अदुवालाई तातो पानीमा उमाल्नुहोस, केही कागती र मह मिसाएर बनाएर खानुहोस् । यसले तपाईलाई सदा स्फूर्ती प्रदान गर्छ । यसको गन्धले सर्कुलेटरी प्रणालीलाई उत्तेजित बनाई शरिरको हरेक कुनामा रक्त प्रबाह बढाइदिन्छ ।

चोरिजो, स्पेनिश पोर्क
तेलीय रातो मासुमा प्रोटिन र जिंकको मात्रा उच्च हुने र यसले टेस्टोटेरोनको उत्पादनमा सहयोग पुयाउने गर्छ । यो भिटामिन बी वानको पनि स्रोत हो जसले शरिरलाई एमिनो एसिड सोसी खानालाई उर्जामा बदल्न सहयोग पुयाउछ ।

ट्रफल
दक्षिण पश्चिम युरोपमा पाइने ट्रफल ९एक प्रकारको फन्जी० यौन उत्तेजनाको दृष्टिले महत्वपूर्ण खानेकुरा मानिन्छ । प्राचीन ग्रीस र रोममा यसको अत्याधिक प्रयोग हुन्थ्यो । यसलाई आफ्नो पार्टनरसँग रमाइलो साँझ जस्ता विशेष अवसरमा आफ्ना पार्टनरसँग बसेर खान सकिन्छ । ट्रफलले बासना पुरुषको पसिना जस्तो हुने र महिलाहरुलाई पनि आकर्षित गर्ने बताइन्छ । ऐतिहासिक पुरुष नेपोलियन बोनापार्टले ट्रफल खाँदा यौन शक्ति बढ्ने विश्वास गर्थे ।

अन्जिर
अन्जिर वा फिग्सलाई यौन र अपराधसँग सम्बन्धित एउटा कुख्यात खाना हो । एडम र इभको बाइबल कथामा उनीहरुको नांगो शरिर ढाक्न अन्जिरको पातहरुलाई प्रयोग गरी अन्जिरलाई सेक्ससँग पर्याबाची गराइएको छ । गार्डेन अफ इभमा भगवानले प्रतिबन्ध लगाइएको खानेकुरा अन्जिर थिए जसको भाव प्रलोभन र अपराध हुन्छ । अन्जिरको आकार मानिसहरुका लागि उत्तेजक अर्थ राख्छ र यसको बिउ पुरुष उर्वरताको रुपमा लिइन्छ । फिगभित्रको चिजलाई महिलाको यौन अंग जस्तै भएको विश्वास गरिन्छ । पिगमा एन्टिअक्सिडियन्ट, फ्लाभोनोइड्स, फाइबर, पोटासियम र आइरन पाइन्छ । यसले मुटु र रक्त कोषिकाको कामलाई पनि सहयोग गर्छ ।

साल्मोन
सामुद्रिक माछा साल्मोनले पनि यौन उत्तेजना बढाउँछ । ओगमा ३ युक्त साल्मोनको परिकारले दिमागमा मानिसलाई खुसी पार्ने हर्मोन सेरोटोनिनको मात्रामा बृद्धि गरी तपाईको मुड रमाइलो बनाउछ । जिंकले मानिसमा बीर्य उत्पादन गर्न महत्वपूर्ण मानिने टेस्टोटेरोनलाई नियन्त्रण गर्छ र यौन गतिलाई बढाउँछ ।

मेडजोल डेट्स
मेडजोल डेट्स उत्तेजक र पवित्र दुबै मानिन्छ । डेट्स महिलाहरुका लागि निकै उत्तेजक मानिन्छ । यसले कुनै पनि व्यक्तिको यौन जीवनमा सुधार ल्याउने इरानी र नाइजेरियालीहरूको गहिरो विश्वास छ । पोषण, भिटामिन, खनिजयुक्त डेट्सले शरिरलाई उर्जा प्रदान गर्छ । एमिनो एसिडयुक्त यसले सेक्सुअल स्टेमिनालाई सशक्त बनाउछ । तसर्थ आफ्नो पार्टनरसँग रमाइलो साँझ बिताउन यो खाना उपयोगी मानिन्छ ।

लिक्वोराइस
प्राचीन चीन र इजिप्टमा यौन उत्तेजना बढाउन लिक्विओराइसको प्रयोग हुन्थ्यो । यसको उपभोगले लिंगमा रगतको मात्रा १३ प्रतिशतले बढाइदिने बताइन्छ । यसको प्रयोगले पाचन तन्त्र, कलेजो, प्रजनन स्वस्थ र स्वासप्रश्वास समबन्धि समस्या सामाधान गर्न सहयोगी हुन्छ । – कृष्ण कुमार सैजु

सम्बन्धित समाचार