free website hit counter

यस्तो छ अमेरिकी राष्ट्रपतिको स्वास्थ्य अवस्था

beemaadmin
२०७७ आश्विन १८, आईतवार

न्यूयोर्क । सर्वसक्तिशाली मुलुक अमेरिकाका राष्ट्रपति अहिले कोरोन सुरक्षाका सबै मापदण्ड अपनाउँदा अपनाउँदै उनी संक्रमित हुन पुगेका हुन् ।

कोरोना संक्रमित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अवस्था गम्भीर बनेको छ। अमेरिकी न्युज च्यानल सीएनएनसले स्रोतलाई उद्धृत गर्दै दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ट्रम्पको स्वास्थ्य अवस्थामा समस्या देखिएको हो। ट्रम्पको स्वास्थ्यमा सुधारका लागि अबको ४८ घण्टा निकै महत्वपूर्ण मानिएको छ।

यद्यपी शनिबार विहानै ट्रम्पको उपचारमा संलग्न डा। सीन कनले राष्ट्रपतिले स्वस्थ महशुश गरेको बताएका थिए। ट्रम्प र उनकी श्रीमती मेलानियालाई दुई दिन पहिला कोरोना पोजेटिभ देखिएको थियो। यसैबीच विश्वभर कोरोना संक्रमितको संख्या ३ करोड ४९ लाख ८ हजार ६८७ पुगेको छ।

हालसम्म २ करोड ५९ लाख ८९ हजार ७५९ जना निको भएका छन् भने ७९ लाख ३६ हजार ९३८ जना संक्रिय संक्रमित छन्। कोरोना संक्रमणबाट १० लाख ३३ हजार बढीको मृत्यु भइसकेको छ। उता चीनमा शुक्रबार कोरोना संक्रमितको दश नयाँ केश फेला परेका छन्। बिहीबार पनि चीनमा थप दश जनामा कोरोना पोजेटिभ देखिएको थियो। उनीहरु सबै अन्य मुलुकबाट चीनमा आएका नागरिक हुन्।

हाल चीनले कोरोना भाइरस नियन्त्रण गरेको छ। चीनमा हाल १८९ जना सक्रिय संक्रमित छन्। तीमध्ये केही संक्रमितको अवस्था गम्भीर रहेको छ। चीनमा हालसम्म ८४ हजार ४३४ जना संक्रमित छन् भने मृत्यु हुनेको संख्या ४ हजार ६ सय ३४ पुगेको छ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार