free website hit counter

यस्तो छ प्रधानमन्त्रीको स्वास्थ्य : अस्पताल

beemaadmin
२०७६ मंसिर १०, मंगलवार

काठमाडौँ । दुई दिनअघि मात्रै मृगौलाको चौथो डायलोसिस गरेर आराम गरिरहेका प्रधानमन्त्रीको पेटमा समस्या देखिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको शल्यक्रियापछि सघन उपचारमा राखिएको त्रिवि शिक्षण अस्पतालले जनाएको छ ।
मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका कार्यकारी निर्देशक प्रा.डा. उत्तमकृष्ण श्रेष्ठले प्रधानमन्त्रीको स्वास्थ्य स्थिति शल्यक्रियापछि स्थिर रहेको जनाएका छन् ।
चिकित्सक श्रेष्ठका अनुसार प्रधानमन्त्री ओली बिहान ९ बजे उपचारका लागि उक्त सेन्टरमा पुगेका थिए । विज्ञ चिकित्सक सम्मिलित टोलीले प्रधानमन्त्रीको स्वास्थ्य परीक्षण गर्दा एपेन्डिसाइटिस सहित पेटको संक्रमण देखिएको थियो ।
पेटमा संक्रमण देखिएपछि तत्काल ल्याप्रोटोमी र एपेन्डिक्टोमी विधिबाट प्रधानमन्त्री ओलीको उपचार गरिएको बताइएको छ ।

 

हेर्नुहोस् अस्पतालको विज्ञप्ति

सम्बन्धित समाचार