काठमाडौं । प्रधानमन्त्री केपी ओलीले वैशाख १५ गतेसम्मका लागि घोषित लकडाउनको अवधी फेरि थपिने संकेत दिनुभएको छ ।सरकारी सञ्चारमाध्यमका सम्पादकहरुलाई संयुक्त अन्तर्वार्ता दिने क्रममा प्रधानमन्त्रीले हिजो साझ पटक–पटक भारतमा कोरोनाको महामारीमा सुधार नआएसम्म नेपालको अवस्था खुकुलो नहुने बताउनुभएको हो । ‘भारतसँग मेरो कुरा भएको छ । मोदीजीसँग यसमा राम्रो समझदारी छ । उताको स्थिति नसुध्रिएसम्म हामी यताको नागरिकलाई उता र उताकोलाई यता फर्काउन सक्दैनौँ । अन्तर्राष्ट्रिय उडान र सीमाहरु सबै बन्द नै हुन्छन्’, उहाँले भन्नुभयो ।
प्रेस सङ्गठनका पदाधिकारीहरुसङ्गको कुराकानीमा प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले आज बिहान शेयर गरेअनुसार,संक्रमण रोकथामका लागि लकडाउनसँगै सीमा बन्द र देशभित्रै पनि आवतजावतको स्थिति नियन्त्रण गर्नु जरुरी भएको पनि प्रधानमन्त्रीले बताउनुभएको थियो । लामो लकडाउनका कारण सर्वसाधारणको दैनिक जनजीवन कष्टकर बनिरहेको,मुलुकको अर्थतन्त्र धराशायीउन्मुख रहेकोजस्ता विषयमा पनि सरकारी सञ्चारमाध्यमका सम्पादकले प्रधानमन्त्रीलाई प्रश्न गरे ।
प्रधानमन्त्रीले भन्नुभयो, ‘अर्थतन्त्र,सर्थतन्त्रको कुरा अहिले हुँदैन । पहिलो कुरा कोरोनाको संक्रमण फैलिन नदिने हो । त्यसपछि अरु कुरा हुन्छ । अहिले यति घाटा भयो, उति घाटा भयो भन्ने कुरै नगरौँ ।’ उहाँले ‘जनताको रुवाबासी, क्रन्दन र आतंक हेर्न सक्दैनौँ’ भन्दै ‘पहिलो कुरा जनता जोगाउने हो, लकडाउन नभएको देशमा कसरी महामारी फैलिएको छ त्यो हेरौँ । त्यसैले हामी सबभन्दा पहिला कोरोना संक्रमण अन्त्य सुनिश्चित गर्छौं’ भन्नुभयो । उहाँले भारतका विभिन्न स्थानबाट स्वदेश फर्किन चाहेका र सीमापारि नै क्वारेन्टाइनमा राखिएका नेपालीबारे टिप्पणी गर्नुभयो । भन्नुभयो, ‘भारतले होटलमा राख्छु, खान दिन्छु भन्दाभन्दै यता दशगजामा आएर लम्पसार हुने,बेइज्जत गर्ने रु’ स्मरणीय छ, भारत सरकारले २१ सय ४६ नेपालीलाई सीमावर्ती क्षेत्रका क्वारेन्टाइनमा राखेर उनीहरुको स्वास्थ्यबारे हेरिरहेको छ ।
शनिबार प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले ठीक ४ बजे प्रधानमन्त्रीसँग कुराकानी शुरु गर्ने भनी ती सम्पादकलाई बोलाएका थिए । तर,कुराकानी भने ४ बजेर ५५ मीनेट जाँदामात्रै शुरु भयो । १४ प्रश्न थिए । तिनको उत्तर दिन प्रधानमन्त्रीलाई दुई घण्टा लाग्यो । अर्थात्, साँझ ७ बजेमात्र कुराकानी सकियो ।
कुराकानीअघि सूर्यले कोरोना संक्रमणको विश्वव्यापी स्थिति, नेपालको अवस्थादेखि शनिबार नै आइसोलेसन वार्डबाट डिस्चार्ज भएकी प्रसिद्धि श्रेष्ठसम्मको प्रसंगबारे ब्रिफिङ गरे । सबै सरकारी सञ्चारमाध्यमका समाचार प्रमुख उपस्थित भएको उक्त भेटघाटमा रेडियो नेपालको भने उपस्थिति थिएन ।
अर्थहीन कुरा
‘बनाउने भए बनाऔँ न त,मेरै अध्यक्षतामा । हुन्छ !’ पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ९प्रचण्ड० ले उठान गर्नुभएको उच्चस्तरीय सर्वदलीय संयन्त्रबारे प्रधानमन्त्री केपी शर्मा ओलीको आक्रोशयुक्त प्रस्ताव हो यो । तर, त्यस्तो संयन्त्र बनाउनका लागि हैन, बनाउन जरुरी छैन भन्ने आशयमा सो कुरा व्यक्त गर्नुभएको हो । केही पत्रकारसँग शनिबारको कुराकानीका क्रममा प्रधानमन्त्रीले भन्नुभयो, ‘यो दुई तिहाईको जनादेशप्राप्त सरकार हो । सरकारले सबै दल, संघ, संस्था, एनजिओ, आइएनजिओ, नागरिक समाजसँग सहकार्य गरेर सुझाव लिइरहेको छ । हामी राम्रो सुझाव ग्रहण गर्छौं । यति गर्दा पनि उच्चस्तरीय संयन्त्र बनाउने भए मेरै अध्यक्षतामा बनाऔँ न १ हुन्छ त !’ उहाँले अगाडि थप्नुभयो, ‘यस्तो कुण्ठाग्रस्त मानसिकता हुनुुहुँदैन । कुन प्रजातान्त्रिक देशमा छ, उच्चस्तरीय संयन्त्र रु यहाँ त अनधिकृत ढंगले बोलिएको छ । सरकारले सम्बद्ध सबै पक्षसँग बैठक, भेला र फोन संवाद गरेको छ । त्यसैले यस्तो कुराको खास अर्थ छैन ।’
सदावहार कुण्ठा
पार्टीका ‘सदावहार कुण्ठाग्रस्त’ मान्छेहरुसँग प्रधानमन्त्रीको खास गुनासो रहेछ । उहाँले सरकार र पार्टीबीचको मतभिन्नताको प्रसंगमा सोधिएको एक प्रश्नको जवाफ दिने क्रममा भन्नुभयो, ‘सरकार एक ढिक्का छ । पुराना नोकरशाही हाम्रो गतिसँग अभ्यस्त छैनन् । उनीहरुलाई लाइनमा आउन समय लागेको होला । धेरैले सरकारको कामको प्रशंसा गरेका छन् ।’ तर, पार्टीकै केही शीर्षस्थ नेताले सरकारको भूमिकाबारे सार्वजनिक रुपमा गर्ने गरेका टिप्पणीहरु उहाँलाई चित्त बुझेको रहेनछ । भन्नुभयो, ‘कोही–कोही कुण्ठाले सदावहार कराइरहन्छन् । एकथरि मान्छे त्यस्ता छन्, जो सरकारको गतिबारे आकाशमा हुट्टिट्याउँजसरी कराइरहन्छन् । कुनै सन्दर्भ छैन, कुनै समय छैन, कुण्ठा र आग्रह बोलिरहन्छन् ।’
गिनिज बुक र गुगल
स्वास्थ्यस्थितिबारे सोधिएको प्रश्नमा उहाँले आफ्नो नाम गिनिजबुकमा लेख्नुपर्नेसम्मको कुरा गर्नुभयो । र, गुगल सर्च गरेर हेर्दा संसारमा आफूजस्तो सरकार प्रमुख वा राष्ट्रप्रमुख कोही नरहेको चर्चा पनि गर्नुभयो । ‘मचाहिँ अहिले १८ घण्टा काम गर्छु । मान्छेहरु कुरा बुझ्दैनन् । मेरो पहिलादेखि काम गरिरहने बानी हो । यति गर्दा पनि प्रधानमन्त्री रोगी भएर पनि काम गरिरहेको छ भन्छन् । मेरो चिन्ता लिनेहरुले किन चिन्ता लिनु पर्यो रु’ उहाँले भन्नुभयो, ‘सबै मरणशील छन् नि । मैले कसैको मूल्यांकन खोजेको छैन, जस पनि खोजेको छैन । मान्छेहरुमा आफूले आफैँलाई लोकतन्त्र ठान्ने प्रवृत्ति छ । कुुठाउँमा बोलेर हिँड्ने गर्छन् । यसले तिनै व्यक्तिलाई हानी गर्छ, पार्टीलाई केही हानी गर्दैन ।’
आफ्नो मिर्गौला जवान भएको दावी गर्नुभयो । ‘मेरो किड्नी जवान छ, सक्रिय छ । बरु, त्योअनुसार म हिँड्न सकेको छैन । कहिले प्रेसर बढ्छ, कहिले सुगर बढ्छ ।’ दुई–दुईवटा किड्नी फेरेर पनि देशको शासन–सत्ता चलाउने व्यक्ति संसारमा कोही नभएको भ न्दै उहाँले आफ्नो नाम गिनिज बुक अफ वल्र्ड रेकर्डमा राख्दा फरक नपर्ने बताउनुभयो । ‘मैले केही पनि मागेर हिँडेको त छैन । विभिन्न देशले विभिन्न सम्मान र मानार्थ उपाधीहरु दिएका छन् । वास्तवमा मैले पाउनुपर्ने त गिनिज बुकमा नाम हो ।’ उहाँले यसबारेमा आफूले गुगल सर्च गरेको पनि बताउनुभयो । ‘मैले हेरेँ, कुनै पनि देशको सरकार प्रमुख, राष्ट्रप्रमुखका दुई–दुई वटा किड्नी ट्रान्सप्लान्ट भएको रहेनछ ।’
ढिला मिडिया
सञ्चारमाध्यमहरुले कुनै पनि घटनालाई तत्काल उजागर गर्नुको सट्टा विषयवस्तुको अतिरञ्जना गर्ने नियतका साथ ढिलो र आफ्नो अनुकूलमा विषयहरु उछाल्ने गरेको गुसानो प्रधानमन्त्रीको छ । ‘आज ५ बजे हिँडेको लस्कर भोलि विहान देखाएर सरकारले यस्तो गर्यो भनिन्छ । घटना भनेको त ताजाताजै पो हुनुपर्छ’, उहाँले भन्नुभयो ‘हामीलाई सूचना दिएको भए पनि हुन्थ्यो । छाउनीको सिसिएमसीमा चारपाँचवटा टेलिफोन राखेर बसेका छन्, त्यहाँ भनेको भए पनि हुन्थ्यो । किन मिडियामा भन्नुपर्यो !’
यसक्रममा एकजना एकल महिलाले राहत नपाएको कुरा आएपछि एकजना पत्रकारले ‘तपाईंको दुःख कतै राखिदिन्छु’ भनेर नम्बर मागे । तर, ती महिलाले ‘तपाईंको नियत खराब होला,म एकल महिलाको नम्बर किन माग्नुभो रु माग्दैमा मैले किन नम्बर दिनु रु’ भनिन् । अर्थात्, मिडियाले पीडितसँग सरकारको दूरी बढाइदियो भन्ने उहाँको गुनासो थियो । अन्तर्वार्ता दिँदादिँदै उहाँले नेपाल टेलिभिजनको क्यामेरातिर हेरेर भन्नुभयो, ‘तपाईंहरुले यो काम गर्नुस् त ।’ प्रधानमन्त्रीले भन्नुभएको काम हो, नेपाल टेलिभिजनमा दुईवटा हटलाइन स्थापना गर्ने । जहाँबाट जे–जे गुनासो र सुझाव आउँछन्, ती गुनासो र सुझाव तत्कालै सम्बन्धित अधिकारीकहाँ पुर्याउने र कार्यान्वयन गराउने । मिडियाका नाममा अनुमतिबिना सञ्चालित युट्युवर वा प्रायोजित तवरले परिचालित हुने अन्यखाले मिडियापर्सनका कारण सरकार आलोचित हुनुपर्ने स्थितिलाई नियन्त्रण गर्नुपर्ने उहाँको सुझाव थियो ।
खरिदको खास कुरा
स्वास्थ्यसम्बन्धी अत्यावश्यक सामाग्री खरिदका क्रममा ओम्नी ग्रुपसँग भएकोे सम्झौता विवादमा आफूलाई मुछिएकोप्रति उहाँले दुःख व्यक्त गर्नुभएको छ । भन्नुभयो, ‘प्रधानमन्त्री र मन्त्रिपरिषद्ले डिलिङ गर्ने होइन, स्वास्थ्य सेवा विभागले गर्ने हो । त्यो कुरा प्रधानमन्त्रीकहाँ आउँदैन ।’ आफ्नो स्थितिबारे उहाँले प्रष्ट पार्नुभयो, ‘मैले घर दान दिएको छु । श्रीमतीको पेन्सन छ । सांसद भएबापत मेरो पनि भत्ता छँदैछ । दान दिने मान्छेलाई त्यहाँ डिलिङ गरेर के लिनु छ रु के कमाउनु छ !’
सिडिओलाई थर्काई
अन्तर्वार्ता सकेर चिया पिउने बेलामा मोरङका सिडिओलाई स्वास्थ्य मन्त्रीले थर्काउँदै हुनुहुन्थ्यो । राहतका नाममा गाडीको लस्कर लगाएको कुरा कतैबाट सुनेपछि उहाँ भन्दै हुनुहुन्थ्यो, ‘राहतको रकम कोषमा जम्मा गर्नुपर्ने कि फेरि लाउने जोगीले जस्तो घरघरमा माग्दै हिँड्ने रु’
सुताईको आदत
प्रधानमन्त्रीले नै भन्नुभयो, अहिले पनि उहाँ जम्मा चार घण्टामात्रै सुत्नुहुन्छ । सुनाउनुभयो, पहिला राति १ बजे सुतेर विहान ५ बजे उठेथेँ । अबदेखि १२ बजे सुतेर ६ बजे उठ्छु ।’ – जनआस्थाबाट