free website hit counter

यस्तो लेखेर हिरासतमै प्राण त्यागे युवाले

beemaadmin
२०७७ असार १७, बुधबार

काठमाडौं । बलात्कार अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर ललितपुरको हिरासतमा रहेका एक युवाले प्राण त्याग गरेका छन् । सिराहको औराही गाउँपालिका –३ का २४ वर्षीय युवक दुर्गेस यादवले झुण्डिएर आत्महत्या गरेको प्रहरीले दावी गरेको छ । आत्महत्या गरेका यादवको साथबाट सुसाइड नोट समेत फेला परेको प्रहरीले जनाएको छ । ललितपुर परिसरका प्रवक्ता एसपी तुलबहादुर कार्कीका अनुसार यादवले अस्पतालको बिलमा सुसाइड नोट लेखेको दाबी गरे पनि त्यो कलम सले दियो भन्ने प्रश्न उठेको छ । परिवारका सदस्यका अनुसार सुसाइड नोटमा यादवले ‘म माथि जुन प्रकारको आरोप लगाइएको छ । मैले त्यो गरेको छैन । म त्यस्तो सोच्न पनि सक्दिनँ । मबाट हुनै सक्दैन । यस्तो आरोप लागेपछि मैले समाजमा कसरी मुख देखाउन सक्छु ? त्यसैले यो संसारबाट बिदा हुन चाहन्छु ।’
यादवमाथि एक महिलालाई मकैबारीमा लगेर बलात्कार गरेको आरोप लागेको थियो । यादव बलात्कारको मुद्दामा यही असार १४ गते ललितपुरको ग्वार्कोबाट पक्राउ परेका हुन् । पक्राउपछि उनलाई हिरासतभित्रै क्वारेन्टिनमा राखिएको थियो । यादवसँगै अन्य २ युवकले पनि महिलालाई बलात्कार गरेको खुलेको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार