free website hit counter

यिनै हुन् लण्डनमा ४ सय ५० नेपालीको पसिना खाने व्यवसायी

beemaadmin
२०७८ असार २६, शनिबार

लण्डन । सुखद् भविष्यको खोजीमा विश्वभर नेपालीहरुले पसिना बगाएका छन् । कोही आर्थिक रुपले सम्पन्न भएका छन् भने कोही विदेशी भूमिमा नराम्रोसँग ठगिएका छन् त कोही अरबको मरुभूमिमा ज्यान गएर बाकसमा फर्किनु परेको तीतो यथार्थ हाम्रा सामु छर्लङ्गै छ । बेलायतमा बस्ने नेपाली समुदायलाई लक्षित गरेर ठगी धन्दा चलाउने लण्डनको एक कम्पनीका पूर्वप्रमुखलाई ५० मिलियन पाउण्ड (५ अर्ब २५ करोड रुपैयाँ) बराबरको ठगी मुद्दा चलाइएको छ । हत्या गरिएका फेशन टाइकुन एरिस्टोर कोन्स्टान्टिनुका छोरा एन्थोनी कोन्स्टान्टिनुलाई यो कहिनाको अन्त्यतिर हुने सुनुवाइसम्मको लागि हिरासतमा राख्न अनुमति दिइएको सिटी अफ लण्डन पुलिसलाई उद्धृत गर्दै फाइनान्सियल टाइम्सले जनाएको छ । ३९ वर्षका कोन्स्टान्टिनुको कम्पनीमा पुलिसले २०१५ मा छापा मारेको थियो । त्यतिबेला उनले क्यापिटल वर्ल्ड मार्केट्स (सीडब्लुएम) एफएक्स कम्पनी चलाउँथे जुन कम्पनी अहिले बन्द भइसकेको छ । यो कम्पनी मार्च २०१५ सम्म चेल्सी फुटबल क्लवको प्रायोजक पनि थियो जतिबेला सिटी अफ लण्डन पुलिसले कम्पनीको हेरोन टावर अफिसमा छापा मारेको थियो ।
सीडब्लुएमको फण्डले लगानीकर्ताहरुबाट करिब ५० मिलियन पाउण्ड आकर्षित गरेको थियो । ती लगानीकर्तालाई मासिक ५ प्रतिशत प्रतिफल दिने अफर गरिएको थियो । यसमध्ये लगानीकर्ताको कति पैसा असुली भयो भन्ने स्पष्ट छैन । पुलिसले २०१६ मा गोर्खाली सैनिकसहितका ४५० नेपालीले २ मिलियन पाउण्ड भन्दा धेरै गुमाएको बताएको थियो । ‘यो गोर्खाली र उनीहरुका साथी तथा परिवारमा जंगलको आगोजस्तै फैलिएको थियो’ सिटी अफ लण्डन पुलिसका एक अधिकारीले त्यतिबेला भनेका थिए ।

क्राउन प्रोसिक्युसन सर्भिसका अनुसार कोन्स्टान्टिनुलाई ७ वटा अभियोग लगाइएको छ । झुटो प्रतिनिधित्व गरेर ठगी गरेको एउटा अभियोगसहित ४ वटा मुद्रा अपचलनका मुद्दा लगाइएको छ । यसबाहेक अन्य २ अभियोगहरु कम्पनी ऐन र ठगी ऐन अन्तर्गत झुटो व्यापारका अभियोग छन् । कोन्सान्टिनु जुनमा वेस्टमिनिस्टर मजिस्ट्रेट अदालतमा उपस्थित भएका थिए । अब यो महिना उनको सुनुवाइ साउथवार्क क्राउन कोर्टमा हुँदैछ ।

सम्बन्धित समाचार