free website hit counter

यिनै हुन् सम्झाँदै युवतीलाई एसिड छर्कनेहरु (घटनाको नालीबेली)

beemaadmin
२०७७ श्रावण ९, शुक्रबार

काठमाडौँ । रौतहट लक्ष्मीपुर घर भई डल्लुमा बस्दै आएका मोहम्मद आलमले दही र चिउरा किन्न निस्किएकी चिनेजानेकै एक युवतीलाई आलमले मोटरसाइकलमा राखेर पसर पु¥याए । युवती पसलमा किनमेल गर्न लागिन् । आलमको डल्लुमा कवाडी पसल छ । एकजना भारत शिवरका युवक मुन्ना मोहम्मद आलमकै पसलकै कामदार । युवतीलाई बाफलमा छोडेर आलम मोहम्मदलाई लिन डल्लु फर्किए ।

मोटरसाइकलमा हालेर मोहम्मदलाई बाफलमा छोडिदिए । केही समयपछि आलम मानिसको आउजाउ छल्दै बाटोबाट छेउ लागेर बसे । केहीबेरमा किनमेल सकेर युवती बाफलबाट डल्लुतिर लागिन् । त्यही क्रममा आलमका कामदारले युवतीमाथि एसिड छर्किएर भागे । एसिड ती युवतीको गाला र निधारमा लाग्यो । आगोले पोले जसरी पीडा हुन थालेपछि युवती चिच्याउँदै छटपटिन थालिन् ।

युवतीमाथि एसिड छर्किएको पत्तो पाएपछि स्थानीयले तत्कालै नजिकै रहेको मनमोहन अस्पताल पुर्‍याए । तर त्यहाँ उपचार हुन नसकेपछि उनलाई कीर्तिपुरस्थित बर्न अस्पताल लगियो । घटनाबारे प्रहरीले जानकारी पाइसकेको थियो । घाइते युवतीलाई अस्पताल पुर्‍याउँदा पौने ९ बजिसकेको थियो । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री र महानगरीय प्रहरी कार्यालयका डीआइजी विश्वराज पोखरेलको कडा निर्देशनपछि महानगरीय अपराध महाशाखाका एसएसपी दीपक थापा र महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी श्याम ज्ञवालीलाई दिए । त्यहीबीच प्रहरीले बाफल चोकमा जडान गरिएको सीसीटीभी फुटेज निकाल्यो ।

अस्पतालमा उपचारका लागि लगिएकी युवतीसँग सामान्य सोधपुछमा महाशाखा र परिसरको टोली लाग्यो । यता सीसीटिभी फुटेजमा शंकास्पद व्यक्तिको हुलिया पत्ता लाग्यो । घटना हुनुभन्दा केही घण्टा अघिबाट युवतीको मोबाइलमा ३७ पटक मिसकल आएको रहेछ । त्यसमध्ये आधाजसो मिसकल आलमको मोबाइलबाट गरेको पत्ता लाग्यो । घटनाका आरोपी पत्ता लगाउन प्रहरी नजिक पुगिसक्यो । त्यहीअनुसार पीडित युवतीसँग सोधपुछ गर्दा आलम आफ्नो दाइसमानको मान्छे भएको बताइन् । तर प्रहरी युवतीको बयानमा मात्रै सीमित थिएन ।

घटनालगत्तै वरिपरिका सबै गौंडा र सडक बन्द गरेर अनुसन्धान सुरु भइसकेको र साँझ परेकाले आरोपित भाग्नसक्ने अवस्था थिएन । त्यहीबीच युवतीको उपचार भइरहेकै बेला राति ११ बजे महाशाखा र परिसरको संयुक्त टोलीले एसिड प्रहार गर्नेमध्येका एकजना भारतीय नागरिक मुन्ना महमदलाई नियन्त्रणमा लियो । उनी देब्रे हातमा एसिड छर्किने क्रममा छचल्किएर नाडी र पाखुरामा पोलेको अवस्थामा भेटिए । उनलाई नियन्त्रणमा लिएलगत्तै आलमलाई पनि प्रहरीले पक्राउ गर्‍यो ।

महमद र एसिडपीडित युवतको चिनजान छैन । आलमले आफूले ती युवतीलाई मन पराएको तर उनले वास्तै नगरेपछि एसिड हान्ने योजना बुनेको बयान दिएका छन् ।
एसएसपी थापाका एसिड हान्नेमाथि अनुसन्धान गरी मुद्दा चलाउन महानगरीय प्रहरी वृत्त स्वयम्भूको जिम्मा लगाइएको बताए ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार