free website hit counter

यी प्रस्तावसहित आज प्रुडेन्सियलको इन्स्योरेन्सको साधारणसभा

beemaadmin
२०७८ असार ६, आईतवार

काठमाडौं । असहज परिस्थितिका कारण रोकिएको प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको साधारणसभा आज हुँदैछ । जेठ २ गतेका लागि आह्वान गरेको साधारण सभा निषेधाज्ञाको कारण रोकिएको थियो । आज कम्पनीको साधारणसभा सिमराको होटेल इच्छामा बिहान ११ बजे हुने कम्पनीले जनाएको छ । सभामा लाभांश सहितका विभिन्न प्रस्ताव पेश हुने भएको छ । साथै कम्पनीले हाल कायम चुक्ता पुँजीको ८ प्रतिशतले हुन आउने ८ करोड २१ लाख १४ हजार ५ सय ६० रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ० दशमलव ४२ प्रतिशतले हुन आउने ४३ लाख २१ हजार ८ सय १८ रुपैयाँ १५ पैसा बराबरको नगद लाभांश वितरणको प्रस्ताव गरेको छ। सभामा संस्थापक र सर्वसाधारण शेयरधनीको स्वामित्व अनुपात ५१ः४९ कायम गर्ने प्रस्ताव पारित हुने छ ।

सम्बन्धित समाचार