free website hit counter

यी युवकले गर्वका साथ भने- यी सबै मेरै हुन्

beemaadmin
२०७७ मंसिर १३, शनिबार

एजेन्सी । बिहेको पार्टी चलिरहेका बेला ६ जना गर्भवती युवती लिएर आएका युवकले भने ६ वटै युवतीको पेटमा हुर्किरहेका बच्चाको पिता आफू रहेको बताए । प्रिटी माइक नामका यी व्यक्ति अहिले अन्तर्राष्ट्रिय मिडियामा छाएका छन् । उनका तस्वीर सामाजिक संजालमा भाइरल भइरहेका छन् ।
बेलायती अखबार द सनका अनुसार प्रिटी माइउक नाइजेरियाका अुन् र उनी प्लेब्वायको रुपमा चर्चित छन् । यसअघि पनि उनको बेलाबेलामा निकै चर्चा भएको थियो । २०१७ मा महिलाहरुको आपत्तिजनक फोटो पोस्ट गरेको अभियोगमा उनी पक्राउ पनि परेका थिए । अहिले उनी ५ जना गर्भवती युवती लिएर आफ्ना एक साथीको बिहेमा पुगेका थिए ।
उनका साथी विलियम्स उचेम्बाको बिहे कार्यक्रममा सहभागी हुन उनी ६ जना गर्भवती युवती लिएर गएका थिए । उनी यसरी गएपछि बिहेमा बेहुला बेहुली भन्दा प्रिटी धेरै चर्चामा रहे । सामाजिक संजालमा प्रिटी माइकले आफूले सबैभन्दा राम्रो जीवन बाँचिरहेको र यो कुनै अभिनय ट्रिक नभएको बताएका छन् । इन्स्टाग्राममा केहीले उनले बिहेमा सबै चर्चा बटुलेर बेहुला बेहुलीको मजा खराब गरिदिएको भनेका छन् । प्लेब्वायका रुपमा चर्चित माइक आफ्ना यस्ता तस्वीर सामाजिक संजालमा पोस्ट गरिरहन्छन् । इन्स्टाग्राममा उनका ३ लाखभन्दा धेरै फलोअर छन् ।

सम्बन्धित समाचार