free website hit counter

यी हुन् उत्कृष्ट १० करदाता, सूर्य नेपाल फेरि पनि पहिलो

beemaadmin
२०८० श्रावण २५, बिहीबार

काठमाडौं । गएको आर्थिक बर्षमा आन्तरिक राजश्वतर्फ सबैभन्दा धेरै कर तिर्ने कम्पनीको सूचिमा फेरि सूर्य नेपाल प्रालि परेको छ । यो कम्पनी विगत तीन वर्षदेखि लगातार धेरै कर तिर्ने सूचिमा पहिलो नम्बरमा रहँदै आएको छ । कर्पोरेट नेपाललाई अर्थ मन्त्रालयबाट प्राप्त विवरणअनुसार आर्थिक वर्ष २०७९–८० मा सूर्य नेपालले सबैभन्दा धेरै अर्थात ११ अर्ब ६१ करोड रुपियाँ कर दाखिला गरेको छ । यो रकममा मूल्य अभिवृद्धि कर (भ्याट), आयकर, अन्तःशुल्कलगायतका कर शीर्षक समावेश छ । यो रकम एउटा व्यवसायिक प्रतिष्ठानले आन्तरिक राजश्वतर्फ तिरेको सबैभन्दा ठूलो रकम हो ।

सूर्य नेपालले आर्थिक वर्ष २०७८–७९ मा १० अर्ब ७२ करोड रुपियाँ कर दाखिला गरेको थियो । यस्तै आर्थिक वर्ष २०७७–७८ मा नौ अर्ब ३४ करोड रुपियाँ कर दाखिला गरेको थियो । सूर्य नेपाल कम कर विवादमा पर्ने कम्पनीको रुपमा पनि पुरस्कृत हुँदै आएको कम्पनी हो । नेपालमा चुरोट उत्पादन तथा बिक्री गर्दै आइरहेको यस कम्पनीमा ३९ प्रतिशत शेयर स्वामित्व नेपालीको छ भने दुई प्रतिशत बेलायती कम्पनीको र ५९ प्रतिशत आईटीसी लिमिटेड इन्डियाको रहेको छ ।

सम्बन्धित समाचार