free website hit counter

यी हुन् ज्ञानेन्द्र शाहीको समूहमाथि मध्यराति आक्रमण गर्ने जड्याहा समूह

beemaadmin
२०७८ जेष्ठ २९, शनिबार

काठमाडौं । विरोध सुन्न नसक्ने र नेतृत्वको अपराधलाई पनि आत्मसात गर्ने भाट कार्यकर्ताका कारण नेपालको राजनीति दिनप्रतिदिन फोहोरी बन्दै गएको छ । नागरिक अयिन्ता ज्ञानेन्द्र शाहीको समूहमाथि सुर्खेतमा आक्रमण भएको छ । जिल्लाको वीरेन्द्रनगर नगरपालिका–१३ करेखोला भन्ने स्थानमा गएराति ११ बजे आक्रमण भएको हो । जिल्ला प्रहरी कार्यालय सुर्खेतले आक्रमणमा संलग्न पाँच जनालाई नियन्त्रणमा लिएको जनाएको छ । सुर्खेतका प्रहरी प्रमुख राजेन्द्र भट्टले शाहीको समूह र स्थानीयबीच झडप भएको बताए । सामाजिक सन्जालमा पोष्ट भएको एक भिडियोमा शाहीले रुँदै घाइते एक युवकलाई अँगालो हालेको देखिन्छ । टाउकोको पछाडिको भागबाट रगत बगिरहेको देखिने ती युवकको प्राथमिक उपचार पनि गरेको देखिन्छ । शाहीले सामाजिक सन्जालमा आफूसहित राजेश महत, कृष्ण पान्डे, तिलक बस्नेत, नितु खड्का, लोक बहादुर रोकाय, शान्त शर्मा, सीता आचार्य, महेश बीसी र खगेन्द्र बजगाईंमाथि आक्रमण भएको उल्लेख गरेका छन् । ‘हाम्रो नेपाल हामी नेपाली’ अभियानका केन्द्रीय सचिव भिमबहादुर शाहीले करेखोला भन्ने ठाउँमा खाना खाएर बजारतिर फर्किंदै गर्दा मापसे गरेको समूहले आक्रमण गरेको बताए । निषेधाज्ञाको समयमा समस्यामा परेकाहरुलाई सहयोग गर्न भन्दै शाहीसहितको समूह देशका बिभिन्न जिल्लामा पुग्दै आएको छ ।
तर पीडित ज्ञानेन्द्र शाहीले भने आफूलाई प्रधानमन्त्री केपी शर्मा ओलीका कार्यकर्ताले आक्रमण गरेको आरोप लगाएका छन् ।

सम्बन्धित समाचार

मिथिला लघुवित्तको नाफा बढ्यो

beemaadmin
२०८१ बैशाख २४, सोमबार

आशा लघुवित्तको नाफा बढ्यो

beemaadmin
२०८१ बैशाख २४, सोमबार

सन्दीपको पेसी आज पहिलो नम्बरमा

beemaadmin
२०८१ बैशाख २३, आईतवार