free website hit counter

यी हुन् राजधानीबाट हतियारसहित समातिएका विप्लव समूहका पाँच नेता

beemaadmin
२०७६ पुष ६, आईतवार

काठमाडौँ । सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव) समूहका केन्द्रीय सदस्यसहित ५ जना राजधानीबाट हतियार र विष्फोटक पदार्थसहित पक्राउ परेका छन् । विभिन्न ठाउँमा बम विष्फोट गराउने, चन्दा उठाउने तयारी गरिरहेको अवस्थामा गोप्य सुराकीका आधारमा पक्राउ गरिएको बताइएको छ । नेपाल प्रहरीको बिशेष ब्युरोले काठमाडौंका विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेमा विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्य सन्दिप लामा, (शिशिर), केन्द्रीय कोषाध्यक्ष तिलकबहादुर गुरुङ, केन्द्रीय कार्यलय सचिव वकिल घर्ती मगर (खनिल), सोलुखुम्बु जिल्ला इन्चार्ज त्रिलोचन विक तथा उदयपुर जिल्ला सदस्य दुर्खाबहादुर तामाङ रहेको बताइएको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार