free website hit counter

यी हुन कोरोनाविरुद्धको खोप लिने पहिलो भाग्यमानी नेपाली, जो लक्की ड्रमा छानिएका थिए

beemaadmin
२०७७ आश्विन ४, आईतवार

काठमाडौं । यतिबेला सारा विश्वले कोरोनाविरुद्धको भ्याक्सिन पर्खिरहेको छ । विकसित मुलुकले समेत कोरोना विरुद्धको भ्याक्सिन पाउन केही समय लाग्ने निश्चित छ । तर हाम्रो जस्तो मुलुकले अरुलाई पुगेपछि मात्रै भाग पाउने हो । रुसमा बस्ने एक नेपालीले कोरोना भाइरस बिरुद्धको भ्याक्सिन लिएका छन्। गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष बद्री केसीले मस्कोमा कार्यरत ६१ वर्षीय डा महेश श्रेष्ठले शनिबार कोराना भाइरसबिरुद्धको भ्याक्सिन लिएको बताए ।
नेपालको सल्यान पुर्खौली घर भएका श्रेष्ठको नाम रसियन सरकारद्धारा अनलाइनमा लक्की ड्र मार्फत छानिएको थियो। सरकारले पहिलो चरणमा ३० हजार जनालाई भ्याक्सिन दिने घोषणा गरेको थियो। डा. केसीका अनुसार उनी ३० हजार जना मध्येमा छानिएका थिए। श्रेष्ठलाई कोरोना भ्याक्सिन दिन भन्दा पहिला उनको सम्पूर्ण स्वास्थ्य परीक्षण गरिएको थियो।
उपाध्यक्ष केसीले कोरोना भाइरसबिरुद्ध पहिलो भ्याक्सिन लिएकोकोमा खुःशी व्यक्त गर्दै श्रेष्ठको स्वास्थ्य अवस्था सामान्य रहेको बताए। यसअघि नेपालका लागि रसियन राजदूत एलेक्सी नोभिकभले रुसले विकास गरेको कोरोना भ्याक्सिन नेपाललाई प्राथमिकताका साथ दिन तयार रहेको बताए थिए। उनले रसियाले विकास गरेको कोरोनाको भ्याक्सिन विश्वभरबाट अडर आउन थालिसकेको जानकारी गराउँदै नेपालले चाहेमा छिट्टै उपलब्ध गराउन पहल गर्ने घोषणा गरेका थिए।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार