free website hit counter

युद्ध र वार्ताका लागि उत्तर कोरिया तयार

beemaadmin
२०७८ असार ४, शुक्रबार

काठमाडौँ । महाशक्ति राष्ट्र अमेरिकालाई हल्लाउने अर्थतन्त्रमा निर्धो तर आणविक हतियारका हिसावले धनी मुलुक उत्तर कोरियाली नेता किम जोङ उनले अमेरिकासँग ‘वार्ता र संघर्ष’ दुवैका लागि मुलुक तयार रहनुपर्ने बताएका छन् । उत्तर कोरियाली नेता किमले बाइडेन प्रशासनप्रति पहिलो पटक सार्वजनिक रुपमा प्रतिक्रिया दिएका हुन् । बिहीबार बसेको सत्तारुढ वकर्स पार्टीको केन्द्रीय कमिटीको पूर्ण बैठकमा किमले अमेरिकासँग ‘उपयुक्त रणनैतिक तथा सामरिक प्रतिवाद’ का आधारमा व्यवहार गर्नुपर्ने बताएका हुन् । उत्तर कोरियाली समाचार संस्था केसीएनएले नेता किमको भनाइ उद्धृत गर्दै लेखेको छ, ‘महासचिवले संवाद र संघर्षका लागि तयार रहनुपर्ने कुरामा जोड दिनु भएको छ । विशेष रुपले हाम्रो मुलुकको गरिमाको रक्षा र स्वतन्त्रका विकासका लागि पूर्ण रुपमा मुलुक तयारी अवस्थामा रहनुपर्नेमा उहाँले जोड दिनुभयो ।’ यस्तो कदमले उत्तर कोरियामा शान्तिपूर्ण वातावरणका साथै सुरक्षाको प्रत्याभूति हुने पनि किमको भनाइ रहेको थियो । उत्तर कोरियाका लागि भर्खरै नियुक्त भएका अमेरिकी दूत सुङ किम दक्षिण कोरिया आउनुभन्दा २ दिनअगाडि किम जोङ उनको प्रतिक्रिया सार्वजनिक भएको हो । सुङ किमले सियोलमा रहँदा दक्षिण कोरियाली र जापानी समकक्षीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । अमेरिकाको म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजीका परमाणु मामिलासम्बन्धी विज्ञ विपिन नारंगले बाइडेन सत्तामा आए पनि उत्तर कोरियाले ‘पर्ख र हेर’ कै नीतिलाई निरन्तरता दिएको बताउँछन् । ‘यसले प्योङयाङले बल अहिले अमेरिकी कोर्टमा रहेको सोचिरहेको छ । उसले बाइडेन प्रशासन कसरी अघि बढ्छ भन्ने कुरालाई पर्खिरहेको छ,’ रोयटर्ससँग कुराकानीमा नारंगले भनेका छन्, ‘ तर पछिल्लो समय मुलुकमा देखिएको कोभिड(१९ र खाद्य संकटका कारण किमले संघर्ष नचाहेको देखिन्छ ।’ पछिल्लो समय उत्तर कोरियामा खाद्य संकट देखा परेको विभिन्न रिपोर्टहरुमा उल्लेख छ । पछिल्लो समय उत्तर कोरियामा महँगी बढेको बताइएको छ । दक्षिण कोरियाली समाचार संस्था एनकेन्युजका अनुसार अहिले उत्तर कोरियामा एक किलोको भाउ ४५ अमेरिकी डलर र स्याम्पु २ सय डलरसम्म पुगेको छ ।

सम्बन्धित समाचार

व्यतीत बीमालेख नवीकरणमा विशेष छूट

beemaadmin
२०८३ बैशाख ११, शुक्रबार

टक्सार पिखुवा खोला आईपीओ आउँदै

beemaadmin
२०८३ बैशाख ११, शुक्रबार

सानिमा बैंककाे नाफा बढ्याे

beemaadmin
२०८३ बैशाख ११, शुक्रबार