free website hit counter

युनाइटेड अजोड इन्स्योरेन्सको साधारण सभा असार ३१ गते

beemaadmin
२०८३ असार १०, बुधबार

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले ३२औँ वार्षिक साधारण सभा आगामी असार ३१ गते आयोजना गर्ने भएको छ। कम्पनीको सञ्चालक समितिको ८३औँ बैठकले सभा काठमाडौंस्थित अम्रपाली ब्याङ्क्वेटमा बिहान १०ः३० बजे गर्ने निर्णय गरेको हो।

Advertisement
Advertisement

सभाले आर्थिक वर्ष २०८१/८२ को नाफाबाट सेयरधनीलाई कुल ४.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गर्नेछ। प्रस्तावअनुसार हाल कायम चुक्ता पुँजी २ अर्ब ३१ करोड रुपैयाँको ४.२८ प्रतिशत बराबर ९ करोड ९० लाख रुपैयाँ बोनस सेयर तथा कर प्रयोजनका लागि ०.२२ प्रतिशत बराबर ५२ लाख १० हजार रुपैयाँ नगद लाभांश वितरण गरिनेछ।

Advertisement
TEST

हाल कम्पनीको जारी पुँजी २ अर्ब ५४ करोड १० लाख रुपैयाँ रहेको छ। प्रस्तावित बोनस सेयर वितरणपछि जारी पुँजी वृद्धि भएर करिब २ अर्ब ६४ करोड रुपैयाँ पुग्नेछ। सोहीअनुसार कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि सभामा पेश गरिनेछ।

यसैगरी, सभाले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन पारित गर्नुका साथै चालु आर्थिक वर्ष २०८२/८३ का लागि जेबी राजभण्डारी एण्ड डिबिन्स चार्टर्ड एकाउन्टेन्ट्सलाई पुनः लेखापरीक्षक नियुक्त गर्ने प्रस्तावमाथि पनि निर्णय गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले असार १९ गते एक दिन बुक क्लोज गर्ने जनाएको छ। त्यसैले असार १८ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम रहेका सेयरधनीहरू मात्र सभामा सहभागी हुन र प्रस्तावित लाभांश प्राप्त गर्न योग्य हुनेछन्।

सम्बन्धित समाचार