free website hit counter

युनाइटेड अजोड इन्स्योरेन्सको शेयरमूल्य समायोजन

beemaadmin
२०८३ असार १९, शुक्रबार

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेड (यूएआईएल) को शेयरमूल्य समायोजन गरेको छ। वार्षिक साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले बुक क्लोज गरेपछि नेप्सेले बोनस शेयरअनुसार मूल्य समायोजन गरेको हो।

नेप्सेले कम्पनीको ४.२८५७ प्रतिशत बोनस शेयर समायोजन गर्दै प्रतिकित्ता शेयरको मूल्य ४४४ रुपैयाँ ८४ पैसा निर्धारण गरेको जनाएको छ।

Advertisement
Advertisement

यसअघि बिहीबार दोस्रो बजारमा कम्पनीको शेयर प्रतिकित्ता ४६३ रुपैयाँ ९० पैसामा अन्तिम कारोबार भएको थियो। शुक्रबारको कारोबार यही समायोजित मूल्यबाट सुरु हुनेछ।

Advertisement
Advertisement

कम्पनीले आगामी असार ३१ गते बिहान १०ः३० बजे काठमाडौंको बालुवाटारस्थित आम्रपाली ब्याङ्क्वेट क्याटरिङ एन्ड इभेन्ट्स प्रालिमा ३२औँ वार्षिक साधारण सभा आयोजना गर्ने भएको छ।

सभामा हाल कायम चुक्ता पूँजीको ४.२८५७ प्रतिशत बोनस शेयर तथा कर प्रयोजनका लागि ०.२२५६ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पेश गरिनेछ।

यस्तै, आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणसहितका वित्तीय विवरणमाथि छलफल गरी पारित गर्ने एजेन्डा पनि सभामा रहेको छ।

सम्बन्धित समाचार