free website hit counter

युनाइटेड अजोड इन्स्योरेन्सको ३२औँ वार्षिक साधारणसभा सम्पन्न

beemaadmin
२०८३ असार ३२, बिहीबार

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको ३२औँ वार्षिक साधारणसभाले सेयरधनीलाई कुल ४.५१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको छ।

बुधबार काठमाडौंको भाटभटेनीस्थित अम्रपाली ब्याङ्क्वेटमा सम्पन्न साधारणसभाले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा अन्य सबै प्रस्ताव अनुमोदन गरेको कम्पनीले जनाएको छ।

पारित प्रस्तावअनुसार हाल कायम २ अर्ब ३१ करोड रुपैयाँ चुक्ता पुँजीमा ४.२८५७ प्रतिशतका दरले करिब ९ करोड ९० लाख रुपैयाँ बराबरको बोनस सेयर वितरण गरिनेछ। बोनस सेयर वितरणपछि कम्पनीको जारी तथा चुक्ता पुँजी करिब २ अर्ब ४१ करोड रुपैयाँ पुग्नेछ।

यस्तै, बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि ०.२२५६ प्रतिशतका दरले ५२ लाख १० हजार ५२६ रुपैयाँ ३२ पैसा नगद लाभांश पनि वितरण गरिने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार २०८३ जेठ मसान्तसम्म प्रधान कार्यालय, प्रदेश कार्यालय, शाखा तथा उपशाखासहित तेस्रो पक्ष बीमा काउन्टरमार्फत देशभर १०४ वटा सेवा केन्द्रबाट बीमा सेवा प्रदान भइरहेको छ।

साधारणसभामा कम्पनीले आगामी आर्थिक वर्ष २०८३/८४ मा व्यवसाय विस्तार, सेवा सुदृढीकरण तथा सेयरधनीलाई प्रतिस्पर्धी प्रतिफल प्रदान गर्ने लक्ष्यसहित रणनीतिक योजना कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

सम्बन्धित समाचार