free website hit counter

युनाइटेड इन्स्योरेन्सको आजदेखि लिलामी

beemaadmin
२०७६ मंसिर १०, मंगलवार

काठमाडौं । युनाइटेड इन्स्योरेन्सले लिलामीमा राखेको चार लाख ९९ हजार १९२ कित्ता अवितरित हकप्रद शेयरको शिलबन्दी बोलपत्रको प्रकृया मंगलबारदेखि पेश हुन सुरु भएको छ ।

सो निर्जीबन बिमा कम्पनीले बिमा समितिको निर्देशन अनुसार चुक्ता पुँजी बृध्दि गर्ने क्रममा गत भदौ ३ देखि असोज २३ सम्म १ः२.४ को अनुपातमा बिक्रीमा ल्याएको ७२ लाख ५७ हजार कित्ता हकप्रद शेयरमा एक लाख ५७ हजार ६४९ कित्ता संस्थापक र तीन लाख ४१ हजार ५४३ कित्ता साधारण शेयर विक्री नभए पश्चात् उक्त सेयरको लिलामी प्रकृया सुरु भएको हो ।

युनाइटेड इन्स्योरेन्सको लिलामीमा आएको शेयरमा लगानीकर्ताले आगामी मङ्सिर १७ गतेसम्म बोलपत्र आवेदनमा सहभागी हुन सक्ने बताइएको छ । उक्त सेयरको बोलपत्रमा सहभागी हुन लगानीकर्ताले एनएमबि क्यापिटल, तथा एनएमबि बैंकको तोकिएका १३ शाखा कार्यालय मार्फत सहभागी हुन पाउनेछन् ।

साधारण सेयर बाहेको संस्थापक तर्फको लिलामी शेयरमा कम्पनीका विद्यमान संस्थापकहरुले मात्र आवेदन गर्न पाउने व्यवस्था छ । लिलामी प्रकृयाम एक सय रुपियाँ प्रतिकित्ताबाट सुरु हुने र खरिद गर्न चाहनेले एक सय कित्तादेखि लगानी गर्न सक्ने युनाइटेड इन्स्योरेन्सको सेयरको दोस्रो बजारमा २३० को हाराहारीमा कारोबार भइ रहेको छ । युनाइटेड इन्स्योरेन्सको हकप्रद शेयर बिक्री पश्चात चुक्ता पुँजी एक अर्ब २ करोड ८१ लाख रुपियाँ पुग्ने भएको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार