free website hit counter

युनाईटेड इन्स्योरेन्स र एनआईसी एशिया बैंकबीच सम्झौता

beemaadmin
२०७६ मंसिर १७, मंगलवार

काठमाडौं । आफ्ना ग्राहकलाई चुस्त बैंकिङ सेवा दिँदै आएको एनआईसी एशिया बैंक लिमिटेडले थप सेवा सुविधाका लागि विभिन्न निकायसँग सम्झौता गर्दै आइरहेको छ । यसैबीच, बैंक र युनाईटेड इन्स्योरेन्स कम्पनी लिमिटेड बीच एनआईसी एशिया बैंकको डिजिटल च्यानलमार्फत् युनाईटेड इन्स्योरेन्स कम्पनीका ग्राहकहरुले प्रिमियम भुक्तानी गर्न सकिने सुविधा प्रदान गर्ने सम्झौता भएको छ ।

सम्झौता बमोजिम युनाईटेड इन्स्योरेन्सका ग्राहकहरुले एनआईसी एशिया बैंकको मोबाइल बैकिङ्ग लगायत एनसीएचएल–कनेक्ट आईपीएस, पस, क्यूआरकोड स्क्यान गरी आफ्नो प्रिमियम भुक्तानी गर्न सकिनेछ ।
सो सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी र युनाईटेड इन्स्योरेन्स कम्पनी लिमिटेडका निमित्त प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले हस्ताक्षर गरे ।
सम्झौतासँगै ग्राहकवर्गहरुले छिटो छरितो रुपमा आफूलाई पायक पर्ने स्थानबाटै डिजिटल माध्यमबाट इन्स्योरेन्सको प्रिमियम विश्वसनीय र पारदर्शी रुपमा भुक्तानी गर्न सक्नेछन् ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार