free website hit counter

युनिग्लोबलमा नेपाल लाइफ इन्स्योरेन्सको २ अर्ब ७ करोड लगानी

beemaadmin
२०८१ श्रावण ८, मंगलवार

काठमाडौँ । नेपालको अग्रणी बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सले युनिग्लोबल ग्रुप अफ कम्पनी (शैक्षिक संस्थामा) लगानी हाल्ने भएको छ । कम्पनीले युनिग्लोबलको छाता संस्था प्रोफेसनल एजुकेशनस् लि।मा ३५.३२ प्रतिशत सेयर स्वामित्व रहने गरी ७३ करोड ७२ लाख ८९ हजार ६ सय रुपैयाँ र युनिग्लोबल हाइयर सेक्टरी स्कुल काठमाडौँ लिमा ४७.६२ प्रतिशत सेयर स्वामित्व रहने गरी १ अर्ब ३३ करोड ७२ लाख ८९ हजार ६ सय रुपैयाँ बराबरको सेयर खरिद गर्ने भएको हो । योसँगै दुई संस्थामा गरी नेपाल लाइफ इन्स्योरेन्सले कूल २ अर्ब ७ करोड ४५ लाख ७९ हजार २ सय रुपैयाँ बराबरको लगानी गर्ने भएको छ । युनिग्लोबल समूहमा लगानी गर्ने सम्बन्धमा नेपाल बीमा प्राधिकरणबाट स्वीकृति पाएसँगै साउन ६ गते बसेको कम्पनी सञ्चालक समितिको ३८२ औँ बैठकले लगानीका लागि सहमति जुटाएको नेपाल लाइफ इन्स्योरेन्सले जनाएको छ । यता तीव्र लगानी विस्तार गरेको युनिग्लोबल ग्रुपले थप शैक्षिक गुणस्तर र सेवा विस्तारका लागि आईपीओमा जाने तयारी समेत रहेको जनाएको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार