free website hit counter

युनियन लाइफको साधारण सभा पुसको पहिलो हप्ता

beemaadmin
२०७६ कार्तिक २६, मंगलवार

अर्थबिमा समाचारदाता

काठमाडौँ । युनियन लाइफ इन्स्योरेन्स कम्पनीले रुपन्देहीको सिद्धार्थ नगरमा आगामी पुस ४ गतेका लागि दोश्रो साधारण सभा बोलाउने निर्णय गरेको छ । बीमा समितिले तोकेको दुई अर्ब चुक्ता पूँजी पु¥याउन संस्थापकहरुबाट एक अर्ब ५० करोड ५० लाख लगानी ल्याएको छ भने पहिलो साधारण सभाबाटै आईपीओ निष्काशन गर्ने प्रस्ताव परित गरिसकेको सो बिमा कम्पनीले जारी पूँजीको ३० प्रतिशत सर्वसाधारणमा सेयर जारी गर्ने भएको छ ।

जसमा ६४ करोड ५० लाख रुपियाँ बराबरको ६४ लाख ५० हजार कित्ता शेयरका निष्कासन हुनेछ । सर्वसाधारणलाई सेयर विक्री पश्चात कम्पनीको चुक्ता पुँजी दुई अर्ब १५ करोड रुपियाँ पुग्नेछ जुन बीमा समितिले जीबन बिमा कम्पनीको लागि तोकेको दुई अर्बको सीमाभन्दा माथि हुनेछ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार