काठमाडौं। आक्रामक रुपमा बजार विस्तारमा लागेको युनियन लाईफ इन्स्योरेन्सले आर्थिक वर्ष ०७६–०७७ को चौथो त्रैमासमा वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक वित्तीय विवरणले कम्पनीको यात्रा सुखद देखाएको छ ।
कम्पनीले चौथो त्रैमाससम्ममा ४ अर्बभन्दा बढी बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३ अर्ब ६ करोड कुल बीमा शुल्क आर्जन गरेको थियो । त्यस्तै खुद बीमा शुल्क आर्जन रकम २ अर्ब ९४ करोडबाट बढाएर ४ अर्ब ५० करोड पुगेको छ ।
१ अर्ब ५० करोड चुक्ता पुँजी भएको कम्पनीको जगेडा कोषमा ४४ करोड ८५ लाख पुगेको छ । त्यस्तै जीवन बीमा कोष २ अर्ब १४ करोडबाट वृद्धि गराएर ४ अर्ब २८ करोड पुगेको छ। खुद नाफा ६ करोड ८९ लाखबाट वृद्धि भएर ९ करोड ७० लाख पुगेको छ।