free website hit counter

यूनाइटेड अजोडको लाभांश प्रतिशत पारित

beemaadmin
२०८० फाल्गुन ७, सोमबार

काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स कम्पनीको वार्षिक साधारण सभाले १०.८० प्रतिशत लाभांश पारित गरेको छ । आइतबार सम्पन्न ३० औं वार्षिक साधारण सभाले गत आर्थिक वर्ष २०७९–८० को नाफाबाट हाल कायम चुक्ता पुँजीको १०.२६ प्रतिशत बोनश सेयर र कर प्रयोजनार्थ ०.५४ प्रतिशत नगद लाभांश पारित गरेको हो । कम्पनीको सभाले सञ्चालक समितिमा समूह ‘क’बाट प्रतिनिधित्व गर्ने अजाद श्रेष्ठ, प्रणव कुमार दास (सीजी फुड्स नेपाल), बलराम खनाल (चौधरी ग्रप) र समूह ‘ख’बाट प्रतिनिधित्व गर्ने पानु दत्त पौडेल र शम्भु अधिकारीको निर्वाचित गरेको छ । सभाले संचालक समितिका अध्यक्षको आर्थिक वर्ष २०७९–८० को वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन सहित आर्थिक वर्ष २०७९–८० को वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण, इक्यूटीमा भएको परिवर्तन र वित्तीय विवरणसँग सम्बन्धित अनुसूचीहरु छलफल गरी पारित गरेको छ । आर्थिक वर्ष २०८०–८१ को हिसाब किताब लेखापरीक्षण गर्नका लागि बाह्य लेखापरीक्षक नियुक्ति गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरेको छ ।

सम्बन्धित समाचार