free website hit counter

यूनाइटेड इन्स्योरेन्सका अध्यक्ष श्रेष्ठले लिए सपथ

beemaadmin
२०७९ जेष्ठ २७, शुक्रबार

काठमाडौं । यूनाइटेड इन्स्योरेन्स कम्पनीको अध्यक्ष पदमा नियुक्त भएका रवि भक्त श्रेष्ठले सपथ लिएका छन् । उनललाई जेठ २३ गते बसेको २८ औं वार्षिक साधारण सभामा भएको निर्वाचनबाट संचालक समितिमा निर्विरोध निर्वाचित भएका सदस्यबाट संचालक समितिको अध्यक्षमा चयन गरिएको हो ।
बीमकको संस्थागत सुशासन निर्देशिका २०७५, को दफा ३ को उपदफा ९४० बमोजिम मिति जेठ २६ गते नवनिर्वाचित अध्यक्ष रवि भक्त श्रेष्ठले बीमा समितिको अध्यक्ष सूर्य प्रसाद सिलवाल समक्ष अनुसूची १ बमोजिमको ढाँचामा पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन् । सो पश्चात कम्पनीको केन्द्रिय कार्यलयमा बसेको संचालक समितिको बैठकमा अन्य संचालकहरुले अध्यक्ष रवि भक्त श्रेष्ठ समक्ष पद तथा गोपनियताको सपथ गरेका हुन् ।

सम्बन्धित समाचार