काठमाडौं । बीमा क्षेत्रमा डेढ दशकलामो अनुभव संगाली सकेका माधव शर्मा यूनियन लाइफ इन्स्योरेन्स कम्पनीको मार्केटिङ प्रमुखमा नियुक्त भएका छन् । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीमा एजिएम रहेका उनी यूनियन लाइफमा डिजिएम पदमा नियुक्त भएका हुन् । उनलाई यूनियन लाइफमा मार्केटिङ प्रमुखको जिम्मेवारी तोकिएको छ ।
बीमा क्षेत्रमा करिब १६ वर्ष बिताएका शर्मा तीन वर्षअघि सूर्या लाइफ इन्स्योरेन्स कम्पनीमा गएका थिए । शर्माले एमबीए, बिएससी गरेका छन् । यूनियन लाइफको मार्केटिङ प्रमुखबाट कोषराज सुवेदीले राजिनामा दिएपछि रिक्त पदमा शर्मालाई नियुक्त गरेको कम्पनीले जनाएको छ ।