free website hit counter

यूनियन लाइफद्वारा वाग्ले परिवारलाई मृत्यु दाबी भुक्तानी

beemaadmin
२०७८ असार २९, मंगलवार

काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना बीमितको असामयिक निधनपछि आश्रित परिवारलाई बीमा दाबी बापतको भुक्तानी दिएको छ । कम्पनीले मृतकको परिवारलाई मृत्यु दाबी भुक्तानी दिएको हो । कम्पनीले भक्तपुर निबासी मृतक गिता वाग्लेकी आमा पदम कुमारी वाग्लेलाई बीमा वापतको १० लाख २८ हजार रुपैयाँ दाबी रकम हस्तान्तरण गरेको हो । मृतक वाग्लेको कोभिडका कारण मृत्यु भएको थियो । उक्त रकम बराबरको चेक कम्पनीका मार्केटिङ हेड माधब शर्माले मृतककी आमालाई हस्तान्तरण गरेको हो । उक्त कार्यक्रममा कम्पनीका ३ नम्बर प्रदेशका प्रमुख हरिप्रसाद ढुङ्गाना, कोटेश्वर शाखाका शाखा प्रमुख बिष्णु रानामगर, सुर्यबिनायक शाखाका शाखा प्रमुख सरोज खोटेजा,२०७५÷७६का कम्पनीका बीमा रत्न दामोदर गौतम, एमडिआटी सुमन श्रेष्ठ र कम्पनीका अभिकर्ता तथा स्थानीय ब्यक्तिहरुको उपस्थिति रहेको कम्पनीले जनाएको छ ।

सम्बन्धित समाचार

पाल्पा सिमेन्टको आईपीओ भयो बाँडफाँट

beemaadmin
२०८२ फाल्गुन २९, शुक्रबार

नेपाल पुनर्बीमाबाट युनाइटेड अजोड बाहिरिँदै

beemaadmin
२०८२ फाल्गुन २९, शुक्रबार

सक्रिय जीवन बीमालेख १४.५७ प्रतिशतले वृद्धि

beemaadmin
२०८२ फाल्गुन २९, शुक्रबार