free website hit counter

यौनकाण्डमा मुछिएका एसएसपीलाई के हुन्छ कारबाही ?

beemaadmin
२०७७ श्रावण १, बिहीबार

काठमाडौं । सशस्त्र प्रहरीको हुल तथा दंगा व्यवस्थापन शिक्षालय, लामपाटन पोखरामा कार्यरत एसएसपी राजेन्द्र अधिकारी बलात्कार काण्डमा समातिएका छन् । आजै बुधबार बिहान साँढे आठ बजेतिर २६,२७ वर्षकी एउटी युवती सँधैझैँ स्कुटी चढेर सरर्र एसएसपी कार्यालय रहेको कम्याउण्डभित्रको निवास छिरिन् । बिहानै चिया, कफीको साटो उनीहरूले सोमरसको बोटल नै खोले । पहिलेझैँ रमाइलो गरे र अन्तमा गलफत्ती शुरु भयो । गलफत्ती एकाएक तोडफोडमा परिणत भयो ।

एसएसपी निवासमा हल्लाखल्ली भयो । सशस्त्रका सुरक्षाकर्मीहरू हाइ अलर्टमा देखिए । एकछिनमा युवतीले आफूलाई एसएसपीले बलात्कार गरेको भनी नेपाल प्रहरीको कन्ट्रोल नं. १०० मा खबर गरिन् । प्रहरीको कन्ट्रोलले दिएको जानकारीअनुसार लगत्तै सशस्त्रको मुक्तिनाथ बाहिनीका डिआईजी कविन्द्रमान प्रधान र एसएसपी जयकुमार खड्कासहितको टोली घटनास्थल पुग्यो ।

प्रहरीले ४९ वर्षे एसएसपीको सामुन्ने घटनास्थलको प्रारम्भिक अनुसन्धान गर्यो । निवासमा प्राप्त तथ्य प्रमाणमा निजहरूले चिया खाने बिहानको समयमा रक्सी सेवन गरेको र त्यसपछि झगडा गरेको देखियो । प्रहरीको अनुसन्धानमा टेबुलको सिसा र खानपिनमा प्रयोग भएका अधिकांश गिलासहरू फुटेको देखिएको छ । अधिकारीको बेडरुम र बैठक कोठाका सबै सामान अलपत्र थिए । सँगै भियाग्राको तीनवटा खोल पनि प्रहरीले बरामद गरेको छ । एसएसपी निवासको रुमालमा लतपतिएको आलो बिर्य नै भेटेपछि जाँचबुझ पत्रसहित अधिकारीलाई पक्राउ गरेर कास्की प्रहरीले बेलुका छ बजेतिर लगेको थियो ।

बुढेशकालमा बैंश चढेपछि आगामी माघ १ गते अवकास हुने अधिकारी बलात्कारको आरोपमा प्रहरी हिरासतमा पुगेका छन् । यता,सशस्त्र मुख्यालयले आजै निजलाई निलम्बन गर्न गृह मन्त्रालयलाई अनुरोध गरेको छ । स्रोतका अनुसार अस्ति मात्र हेडक्वार्टर हलचोक सरुवा भएको थियो । सरुवापछि काठमाडौं जानुअघि पोखरामा मुड फ्रेस हुन एसएसपीले खानपीन र मस्तीको योजना बनाएको देखिन्छ ।

सोहीबमोजिम आज बिहान दारु र भियग्राको कार्यक्रम बनाइएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । स्रोत भन्छ ‘शायद पोखरा छोड्नुअघि युवतीलाई दिइएका यसअघिका केही शर्त पनि पूरा गर्नुपर्ने थियो होला । अधिकारीबाट त्यसको संकेत नपाएपछि युवतीले उक्त लफडा गराएको हुनसक्छ ।’

तर,दिनदहाडै स्टाफ र सुरक्षाकर्मीको चौघेराभित्र बसेका एसएसपीले निवासमा मच्चाएको राशलीलाले संगठनको समेत बेइज्जत भएको छ । यो घटनाले सशस्त्रका अन्य अधिकृत तथा कर्मचारी र तिनका परिवारलाई समेत समाजमा मुख देखाउन पनि लाज भएको बताइएको छ ।

यतिखेर सशस्त्रका एकजना डिआईजी श्रीमती मारेको अभियोगमा झ्यालखानामा छन् भने अर्का एसएसपीलाई कार्यालय समयमा कार्यालयभित्रै युवती बलात्कारको आरोप लागेको छ । डिआईजी रञ्जन कोइराला साउन ७ गते छुट्दै छन् । तर, उनी नछुट्दै अर्का एसएसपी खोरमा जाकिन तयार भएका छन् । नयाँ फौजदारी संहिताअनुसार अधिकारी अब वर्षौं झ्यालखानामा जाकिने पक्का छ । (जनआस्था डटकम)

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार