free website hit counter

यौन जीवनलाई दोब्बर मज्जाको बनाउनुहोस्

beemaadmin
२०७७ जेष्ठ १८, आईतवार

काठमाडौं । हाम्रो समाजमा यौनका विषयमा खुल्न सकेको छैन । यौनका कुरामा खुल्न नसक्दा यौनका असन्तुष्टिहरु विष्फोटक रुपमा मैदानमा आउने गरेका छन् । यौन असन्तुष्टिले कहिल्यै परिवारमा मिलाप हुँदैन भने त्यो परिवार सफल हुन पनि सक्दैन । त्यसैले कुनै पनि परिवार सफल हुने त्यसभित्रका जोडीबीच मर्यादित र पूर्ण सन्तुष्ट यौन जीवन हुनु अनिवार्य छ । हाम्रो समाजमा अहिले पनि कतिपय यौनसम्बन्धी कुरा अनौठो र भड्किलो लाग्ने गर्दछ । किनभने हामीकहाँ यौनको कुरा गर्नसाथ हामी लाजले खुम्चन्छौं । हामीलाई लाग्छ, यौन भनेको छाडा कुरा हुन् । यही भ्रमित मानसिकताले हामी यौनको बारेमा खुला चर्चा गर्दैनौ, यौनको उन्मुक्त आनन्द लिदैनौं । अध्ययनहरुले भन्छ, यौनसुख नै दाम्पत्य सफलताको प्रभावकारी सूत्र हो । तर, हाम्रो यौन जीवन त्यती सुखमय छैन, जति हुनुपर्ने थियो । त्यही कारण हाम्रो दाम्पत्य कसिलो र रसिलो हुन नसकेको । खासमा दम्पतीले यौनसुख कसरी लिने भन्ने कुरामा नयाँ नयाँ अभ्यास गर्न सक्छन् । यसले उनीहरुको सम्बन्ध थप प्रगाढ हुन्छ । किनभने यौनले मानसिक र शारीरिक रुपमा चुस्त बनाउन सहयोग गर्छ । अझै यौन तालिका तय गरियो भने त्यसले दाम्पत्यमा रोमाञ्चकता थपिदिन्छ । त्यतीमात्र होइन, यौन जीवनलाई थप आनन्दित तुल्याउँछ ।

यौनबारे तयारी र सोंच
यौन तालिकाको यो सबैभन्दा ठूलो फाइदा हो । अन्यथा अस्तव्यस्त जीवनशैली र तनावपूर्ण माहोलका बीच दिमागमा यौनको कुरा नै नआउन सक्छ । यौनको समय निश्चित भएपछि सबै कुरालाई थाती राखेर आफ्नो प्रियतमसँग राससिला गर्न सकिन्छ ।

ओछ्यानमा नयाँ प्रयोगको इच्छा
जब थाहा हुन्छ कि आज राति यति बजे यौन क्रिया गर्ने कार्यक्रम छ, दिनभरी रोमाञ्चित भइन्छ । दिमागमा विभिन्न योजनाहरु बन्न सक्छन् । नयाँ नयाँ प्रयोग गर्नेबारे सोच्न सकिन्छ । फलस्वरुप राति मज्जा दोब्बर हुन्छ ।

सुमधुर समय बित्छ
इन्टरनेट र प्रविधिले हाम्रो जिन्दगीको अमनचैन नै खोसेको छ । प्रेमको दुई शब्द व्यक्त गर्न श्रीमान–श्रमितीबीच समय नै हुँदैन । यस्तोमा यदि तालिकामा बाँधियो भने एक अर्काको अंगालोमा सुमधुर समय बिताउन सकिनेछ । यसले दाम्पत्य जीवनमा अझै प्रगाढता थप्नेछ ।

तयारीका लागि समय मिल्छ
जब यौनका लागि मानसिक रुपमा पहिल्यैबाट तयार भइन्छ, यसका लागि तयारी गर्न पर्याप्त समय मिल्छ । आफ्नो फेन्टासीलाई यथार्थमा बदल्न सम्पूर्ण प्रयास लगाउन सकिन्छ ।

अस्विकारको गुञ्जायस हुँदैन
दुई जनामध्ये एक जना यौनका लागि आतुर हुने तर अर्कोलाई जोश नआउने समस्या पनि अक्सर हुन्छ । तर, दुवैको सहमतिमा तालिका तयार गरिसकेपछि दुवै जना मानसिक रुपमा तयार हुन्छन् । त्यसैले रातमा कुनै पनि पक्षबाट इन्कार गर्ने सम्भावना रहँदैन । एजेन्सी

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार