free website hit counter

यौन सम्बन्धको २४ घण्टा पहिल्यै पुलिसलाई सूचना

beemaadmin
२०७७ माघ १७, शनिबार

एजेन्सी । संसारमा कस्ता कस्ता अदालती फैसला आउन्छ, सुन्दै अचम्म लाग्छ । ३९ वर्षका एक युवकले कुनै महिलासँग यौन सम्बन्ध राख्न चाहेमा २४ घण्टा पहिल्यै पुलिस र सम्बन्धित महिलालाई आफ्नो चाहनासहित सूचना दिनुपर्नेछ ।

बेलायतको एक अदालतले यस्तो आदेश दिएको हो । अदालतले ती युवकलाई कुनै पनि महिलासँग अनावश्यक कुरा गर्न पनि प्रतिबन्ध लगाएको छ । ३९ वर्षका युवक डीन डायरमाथि यौन हिंसाका कैयौं आरोप लागेका छन् र मुद्दा चलिरहेको छ ।

एक महिलले डायरमाथि पार्टीका क्रममा गलत तरिकाले छोएको र विरोध गर्दा बलात्कार गर्ने धम्की दिएको आरोप लगाएकी छिन् । यद्यवि अहिलेसम्म डायर कुनै पनि यौन अपराधको लागि दोषी भने ठहर भएका छैनन् ।

डेलीमेलको रिपोर्टअनुसार अदालतले युवकविरुद्ध लगाइएका आरोपहरु सुनेपछि उनीविरुद्ध ‘सेक्सुअल रिस्ट्रेन्ट अर्डर’ जारी गरेको हो । युवकविरुद्ध १४ वर्षकी एक किशोरीसँग यौन सम्बन्ध राख्ने प्रयाससहित यौन अपराधसँग सम्बन्धित ७ आरोप छन् ।

बेलायतको वेस्टमिन्स्टर मजिस्ट्रेट कोर्टले दैनिक कामकाजको सिलसिलामा युवकले ती महिलासँग मात्र कुरा गर्न पाउने भनेको छ जोसँग कुरा नै नगर्न सम्भव छैन । बेलायतमा सेक्सुअल रिस्ट्रेन्ट अर्डर एक सिभिल अर्डर हो । यो आदेश ती व्यक्तिहरुविरुद्ध जारी गरिन्छ जो दोषी ठहर भएका हुँदैनन् तर जसबाट समाजलाई खतरा हुन सक्ने मानिन्छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार