काठमाडौं । रघुगंगा हाइड्रोपावर लिमिटेडले प्राथमिक साधारण शेयर आईपीओ निष्कासन गर्ने भएको छ । आईपीओ निष्कासनको प्रस्ताव राखेर कम्पनीले पुस २२ गते रत्नपार्कस्थित नेपाल विद्युत् प्राधिकरणको सभाहलमा बस्ने गरी आठौं वार्षिक साधारणसभा बोलाएको छ । सभामा आईपीओ जारी गर्ने प्रस्ताव पेश हुनेछ । साथै सभाले गत आवको वार्षिक र लेखापरीक्षण प्रतिवेदनलगायत अन्य वित्तीय विवरणमाथि छलफल गरी पारित पनि गर्नेछ ।