free website hit counter

रसुवाको टिमुरेमा प्रभुको शाखा

beemaadmin
२०७६ मंसिर १४, शनिबार

रसुवा । शहरमा मात्रै होइन गाउँ गाउँमा पनि बैकिङ पहुँच पुर्याउने उद्देश्यअनुरुप प्रभु बैंक लिमिटेडले रसुवाको गोसाईकुण्ड गाउँपालिका– २ स्थित टिमुरेमा आफ्नो १९८ औं शाखा खोली सञ्चालनमा ल्याएको छ । बैंकको टिमुरे शाखा कार्यालयको गोसाईकुण्ड गाउँपालिका प्रमुख कैसाङ नुर्पु तामाङले एक समारोहका बीच उद्घाटन गरे ।

बैंकको टिमुरे शाखा कार्यालयको उद्घाटन गर्दै प्रमुख तामाङले प्रभु बैंकले आफ्नो बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै बैंकिङ्ग पहुँच नपुगेको ठाउँहरुमा आफ्नो शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ्ग सेवा विस्तार गरी प्रशंसनीय कार्य गरेको बताए ।

उनले बैंकको यो अभियानले बैंकिङ्ग पहुँचमा वृद्धि भएको मात्र नभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको बताएका थिए ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार