free website hit counter

रसुवागढी हाईड्रोपावरले डाक्यो दुई वर्षको साधारणसभा

beemaadmin
२०८१ जेष्ठ १३, आईतवार

काठमाण्डौ । रसुवागढी हाईड्रोपावर कम्पनी लिमिटेडले दुई आर्थिक वर्षको साधारण सभा एकैपटक आह्वान गरेको छ । कम्पनीको चैत ८ गते बसेको सञ्चालक समितिको बैठकले १०औं र ११औं साधारण सभा एकैपटक डाकेको हो । उक्त सभा आगामी असार ११ गते काठमाण्डौको चण्डालमा रहेको कुण्डलिनी दरबार ब्याङक्वेटमा बिहान ११ बजे आयोजना हुनेछ । कम्पनीले दुवै आवका लागि लाभांश नदिने निर्णय गरेकाले सभामा लाभांशको कुनै पनि अजेण्डा पेश हुने छैन । सभामा आव २०७८–७९ र २०७९–८० को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ। यस्तै सभामा आव २०७८–७९ र २०७९–८० को लेखापरीक्षण प्रतिवेदन सहितको वित्तीय विवरणहरुमाथि छलफल गरी पारित गरिनुका साथै आव २०८०–८१ का लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ। उक्त सभामा २ जना स्वतन्त्र सञ्चालकको नियुक्ती र सञ्चालक समितिका सदस्यहरुको बैठक भत्ता निर्धारण गर्ने प्रस्ताव समेत पारित हुनेछ । साधारण सभा प्रयोजनका लागि कम्पनीले आगामी जेठ २३ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ ।

सम्बन्धित समाचार