free website hit counter

राजधानीमा माक्सै माक्स नागरिकका नाक मुख नांगै

beemaadmin
२०७६ चैत्र ५, बुधबार

काठमाडौं । राजधानीमा अहिले माक्स तथा सेनिटाइजरको चर्को अभाव छ । तर यही मौका छोपेर काला बजारीहरुले कमाउने मेलो पनि बनाइरहेका छन् । राजधानीमा दुई दिनको अन्तरालमा २० लाख माक्स बरामद भएको छ र तर आम उपभोक्ताले माक्सको अभावमा नाक मुख छोप्न पाएका छैनन् । राजधानीबाट फेरि सर्जिकल मास्क बरामद भएको छ । कोरोना भाइरसको आतंकका बीच मास्कमा कालोबजारी हुने गरेको गुनासोसँगै आक्रामक रुपमा प्रस्तुत भएको प्रहरीले राजधानीको सानो भर्‍यााङबाट १० लाख मास्क बरामद गरेको हो । महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले बुधबार सो परिमाणको मास्क बरामद गरेको हो ।
पक्राउ पर्नेमा गोरखाका युवराज न्यौपाने रहेको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले जानकारी दिए । यसअघि शनिबार आइतबार र सोमबार पनि प्रहरीले १० लाख बढी मास्क बरामद गरेको थियो । महान्यायाधीवक्ताको कार्यालयले बरामद मास्क तत्काल प्रक्रिया पुर्याएर बिक्रीवितरण गर्न प्रहरीलाई निर्देशन दिइसकेको छ ।

सम्बन्धित समाचार