free website hit counter

राजधानीमा ८० करोड ठगेर चितवनमा मोजमस्ती ?

beemaadmin
२०७७ चैत्र २२, आईतवार

काठमाडाैं । सहकारीका नाममा पैसा उठाएर बेपत्ता हुनेको सूचि लामै छ । लाखौं खाने त कति होलान् कति पीडितलाई मात्रै पत्तो होला । तर करोडौं खाएर बेपत्ता हुनेहरु पनि थुप्रे छन् । झण्डै ८० करोड रुपैयाँ ठगी गरेको आरोपसहित किटानी जाहेरी परेको ललितपुरको कुमारीपाटीस्थित गुडवील बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष दिवाकर श्रेष्ठलाई प्रहरीले चितवन,भरतपुरबाट समातेर जाउलाखेल ल्याएको छ ।

परिसरमा चैत ५ गते उजुरी परेपछि फरार रहेका गोदावरी ठैबका ४१ वर्षीय श्रेष्ठलाई प्रहरीले हिजो भरतपुर १० मा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको हो । उनले विभिन्न व्यक्ति र संस्थालाई चर्को ब्याजको लोभ देखाएर निक्षेप संकलन गर्न लगाएका थिए । उनले हालसम्म ठगी गरेको रकम ७९ करोड ८९ लाख ६४ हजार ५ सय २० रुपैयाँ रहेको पुष्टि भएको छ । श्रेष्ठको सहकारीबाट ठगिएका अन्य व्यक्तिलाई समेत कार्यालयमा सम्पर्क गर्न महानगरीय प्रहरी परिसर,जावलाखेलले अनुरोध गरेको छ ।

सम्बन्धित समाचार

एनएमबि लघुवित्तको नाफामा पहिरो

beemaadmin
२०८१ बैशाख २६, बुधबार

एचआईडिसिएलको नाफा बढ्यो

beemaadmin
२०८१ बैशाख २६, बुधबार

सर्वोत्तम सिमेन्टको नाफा बढ्यो

beemaadmin
२०८१ बैशाख २५, मंगलवार