free website hit counter

राजनीति नयाँ मोडमा, माधव पक्षको राजीनामा आउँदै

beemaadmin
२०७८ बैशाख २७, सोमबार

काठमाडौं । पार्टी नेताहरुको अहंकार दम्भले नेपालको कम्युनिस्ट आन्दोलन एकीकृत रहिरहने आशा र अपेक्षा तुहिएको छ । एमालेका वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ झनालसहित ०७१ सालको नवौं महाधिवेशनद्वारा निर्वाचित बहुमत पदाधिकारीले एकता जोगाउन हिजो दिएको समयसीमा सकिएको छ ।
बालुवाटार आफ्नो चट्टानी अडानमा टसको मस देखिएन । फलतः ०७४ मा प्रत्येक्ष निर्वाचित डेढ दर्जन माथि साँसदको राजीनामा दर्ता हुने प्रक्रिया शुरु भएको छ । उता पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीबाट लुम्बिनी र गण्डकी मोडलमा झैं सँसदको सामना नगरी राजीनामा दिइने सम्भावना पनि उत्तिकै रहेको बताइन्छ । सँसदीय प्रक्रियामा जाँदा भने आफ्ना कुरा राख्ने ठाउँ रहन्छ । तर,टेलिभिजनबाट रास्ट्रका नाममा सम्बोधन पनि हुन सक्छ । यसअघि ०७३ मा ओलीले काङ्ग्रेस(माओवादीद्वारा प्रस्तुत अविश्वास प्रस्तावमाथि मतदान हुनै लाग्दा त्यसको सामना नगरी अन्तिम क्षणमा राजीनामा दिनुभएको थियो । आज पनि मतदानमा जानुपूर्व राजीनामा दिएर ठूलो दलको नेताका हैसियतले धारा ७६ (३) अनुसार तत्कालै नियुक्ति लिने सम्भावनासमेत रहेको बताइन्छ । त्यसो गर्दा एक महिना सत्ता लम्बिन्छ र बजेट ल्याउन पाइन्छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार