free website hit counter

राजपाबाट सिंहद्वयको उम्मेदवारी

beemaadmin
२०७६ पुष १९, शनिबार

काठमाडौं । नेकपासँग राष्ट्रियसभा निर्वाचनका लागि तालमेल गरेको राष्ट्रिय जनता पार्टी नेपालले दुई जना उम्मेदवारको टुंगो लगाएको छ । शनिबार राष्ट्रिय जनता पार्टी नेपालको अध्यक्ष मण्डलका संयोजकत्वमा बसेको अध्यक्ष मण्डलको बैठकले उम्मेदवार तय गरेको हो । अध्यक्षमण्डलका संयोजक राजेन्द्र महतोकाअनुसार प्रदेश नं. २ बाट अन्य समुदायबाट सप्तरी निवासी पार्टीका वरिष्ठ उपाध्यक्ष मृगेन्द्रकुमार सिंह यादव र अल्पसंख्यक (अपाङ्गता भएका व्यक्तिको समूहबाट) सप्तरी निवासी वरिष्ठ उपाध्यक्ष शेखरकुमार सिंहलाई उम्मेदवार बनाउने सर्वसम्मत निर्णय भएको बताइएको छ ।

सम्बन्धित समाचार