free website hit counter

राजश्व संकलनका लागि बैंकहरु खुल्लै

beemaadmin
२०७६ आश्विन २६, आईतवार

काठमाडौं । सवारी आवागमन र सुरक्षाका दृष्टिकोणले सरकारले आइतबार चिनियाँ राष्ट्रपति सि जिनपिङको सम्मानमा सार्वजनिक बिदा दिने निर्णय गरे पनि बैंकहरु भने खुल्लै रहेका छन् ।
चालु आर्थिक बर्षको पहिलो त्रैमास असोज मसान्तको राजश्व संकलन गर्नु पर्ने भएकाले सरकारी आग्रहमा राष्ट्र बैंकले बैंक बिदा नगर्न निर्देशन जारी गरेको हो।
राष्ट्र बैंकले असोज २५ गतेदेखि नै सार्वजनिक बिदा परे पनि बैंक खुला राख्न निर्देशन दिएको छ। बिदाका दिन पनि राष्ट्र बैंकलगायत राजश्व कारोबार गर्ने सम्पूर्ण बैंकका राजश्व संकलन सम्बन्धि काउन्टहरु तथा क्लयरिङ सम्बन्धि काम गर्ने काउन्टर र नेपाल क्लियरिङ हाउस पूर्ण रुपमा खुला गर्नु पर्ने छ।बैंकहरुको राजश्व संकलन गर्ने शाखाहरु खुला हुनेछन्। अन्य शाखा भने बन्द हुनेछन्।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार