free website hit counter

राजस्व लक्ष्य हासिल गर्न अर्थमन्त्री वाग्लेको निर्देशन

beemaadmin
२०८३ श्रावण ७, बिहीबार

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आन्तरिक राजस्व विभागको स्थलगत अनुगमन गर्दै चालु आर्थिक वर्षको राजस्व संकलन लक्ष्य हासिल गर्न प्रभावकारी कार्ययोजना अनुसार अघि बढ्न निर्देशन दिएका छन्।

बिहीबार लाजिम्पाटस्थित विभाग पुगेका अर्थमन्त्री वाग्लेले नयाँ बजेटको कार्यान्वयन, राजस्व संकलनको तयारी तथा विभागको समग्र कार्यसम्पादनबारे विस्तृत ब्रिफिङ लिएका हुन्। उनले सरकारको आर्थिक लक्ष्य प्राप्तिमा राजस्व प्रशासनको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै निर्धारित लक्ष्य समयमै पूरा गर्न निर्देशन दिए।

Advertisement
Advertisement

अनुगमनका क्रममा अर्थसचिव डा. घनश्याम उपाध्यायसहित अर्थमन्त्रीले विभाग तथा मातहतका कार्यालयका कर्मचारीलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै कर प्रशासनलाई थप चुस्त, पारदर्शी र प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिएका थिए।

Advertisement
Advertisement

सो अवसरमा आन्तरिक राजस्व विभागका महानिर्देशक भीष्मकुमार भुसालले विभागको संगठनात्मक संरचना, कर प्रणालीको अवस्था तथा राजस्व संकलन लक्ष्य हासिल गर्न अपनाइएका रणनीतिबारे प्रस्तुतीकरण गरेका थिए। उनले करदाता सेवा सुधार, करको दायरा विस्तार तथा राजस्व चुहावट नियन्त्रणका लागि विभागले गरिरहेका प्रयासबारे पनि जानकारी गराए।

राजस्व संकलनमा दबाब बढिरहेका बेला अर्थमन्त्री स्वयं विभाग पुगेर कार्यसम्पादनको समीक्षा गर्दै लक्ष्य हासिलका लागि आवश्यक निर्देशन दिएका हुन्।

सम्बन्धित समाचार