free website hit counter

राज्यमन्त्रीले भने– तपाईंलाई अयोग्य बनाई बर्खास्त गरिदिऊँ

beemaadmin
२०७६ पुष २५, शुक्रबार

काठमाडौं । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडभित्र देखिएको नेतृत्वको विवाद र तालाबन्दीले नयाँ मोड लिन पुगेको छ । बुधबार महाप्रबन्धक सुभाष सिटौलाको कार्यकक्षमा अध्यक्ष नन्दकिशोर बस्नेतले तालबन्दी गरेपछि स्थिति तनावग्रस्त बन्न पुगेको थियो ।

अध्यक्षले लगाएको ताला खोलेर कार्यकक्ष प्रवेश गर्ने प्रयत्न गरेका महाप्रबन्धक सिटौलाको कार्यलाई रोक्नका लागि भएको झडपमा अध्यक्ष र महाप्रबन्धकबीच हात हालाहालको स्थिति समेत उत्पन्न भएको थियो । नेतृत्वमा रहेका दुई जनाको विवादले उग्ररुप लिएपछि नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघको अगुवाईमा बुधबार उद्योग राज्यमन्त्री मोतीलाल दुगडलाई भेट गरी वस्तुस्थितिबारे जानकारी गराएको र चाँडो भन्दा चाँडो समस्या समाधान नगरे उद्योगीहरुले नै मुल गेटमा ताला लगाएर चाबी सरकारलाई बुझाउने चेतावनी दिएपछि लिमिटेडको समस्या समाधानका लागि नेतृत्व लिएका उद्योग राज्यमन्त्री दुगडले दुवै पक्षलाई बिहीबार ११ बजे कार्यकक्षमा उपस्थित हुन निर्देशन दिएका थिए ।

महाप्रबन्धकको कोठामा लागेको ताला तत्काल खोली ११ बजे हाजिर हुन ताकेता गरेपछि अध्यक्ष बस्नेत बिहीबार तोकिएकै समयमा मन्त्रालय हाजिर भएका थिए भने महाप्रबन्धक सिटौला पनि समयमै पुगेका थिए । उद्योग सचिव यमकुमारी खतिवडा र बाणिज्य सचिव बैकुण्ठ अर्याललाई सँगै राखेर वार्तामा बसेका दुगडले दुवै पक्षका कुरा सुनेर दुई बुँदे सहमति गराएका थिए ।

त्यसमा तत्काल महाप्रबन्धकको कोठामा लागेको ताला अध्यक्ष बस्नेतले खोल्ने र मिलेर कार्यालय सञ्चालन गर्ने र दोस्रोमा एकले अर्काको अधिकार क्षेत्र हस्तक्षेप नगरी आ–आफ्नो कार्यक्षेत्रमा रहेर काम गर्ने रहेको थियो । वार्ताका क्रममा बस्नेत उग्ररुपमा प्रस्तुत भएपछि राज्यमन्त्री दुगडले तपाईं अहिले राज्यमन्त्रीको कार्यकक्षमा हुनुहुन्छ, पावरको कुरा नगर्नुस्, तपाईंलाई भविष्यका अयोग्य ठहरिने गरी हटाउने सिफारिश गर्न नपरोस् भन्दै हप्काएपछि अलि नरम देखिएको बस्नेतले आफू मिलेर काम गर्न तयार रहेको बताएका थिए ।

सहमति भएपछि शुक्रबार महाप्रबन्धक सिटौलाको कार्यकक्ष खुल्ने आशा कर्मचारी एवं उद्योगीहरुले गरेका थिए । तर शुक्रबार १० बजे नै कार्यालय पुगेका सिटौला कार्यकक्षमा लगाइएको तला नखुलेपछि केही समय केही समय कार्यालय प्राङ्गणमा रहेर ११ः३० बजेतिर मन्त्रालय पुगेका थिए । अध्यक्ष बस्नेत भने दिनभरिनै कार्यालयमा देखा परेका थिएनन् । आफ्नो उपस्थितिमा भएको दुई बुँदे सहमति कार्यान्वयन नभएपछि जंगीएका राज्यमन्त्री दुगडले अध्यक्ष बस्नेतलाई मन्त्रालयमा बोलाएनन् मात्रै उनले विभागीय मन्त्री लेखराज भट्टलाई अध्यक्ष बस्नेतले मन्त्रालयको निर्देशनलाई अवज्ञा गरेको हुँदा भविष्यमा अयोग्य ठहरिने गरी बर्खास्त गर्नलाई प्रधानमन्त्रीलाई सिफारिश गर्नुपर्ने भन्दै रिपोर्टिङ गरेका छन् ।

राज्यमन्त्रीको कुरालाई गम्भीरतापूर्वक लिएका मन्त्री भट्टले उनी अझै नसच्चिए आइतबारटै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का कार्यालयलाई बर्खास्तीका लागि आइतबारबाटै पहल गर्ने तयारी गरेका छन् । उता महाप्रबन्धक सिटौलाले भने पृथ्वी नै उल्ट्याए पनि आफू राजीनामा नदिने, कानुनी राजको पालना गर्ने पक्षमा रहेको बताएका छन् ।

सम्बन्धित समाचार