free website hit counter

राति हत्या, दिनभर रमिता हेरेर साँझ कुलेलम (गोंगबु हत्याकाण्ड)

beemaadmin
२०७७ श्रावण २७, मंगलवार

काठमाडौँ । गोंगबु हत्याकाण्डकी अभियुक्तले आफूले हत्या गरेको स्वीकार गरेकी छिन् भने शव भेटिएको दिनभर रमिता हेरेर साँझ एम्बुलेन्स चढेर चितवन कुलेलाम ठोकेको पत्ता लागेको छ । नवज्योती मार्गमा दाङका कृष्णबहादुर बोहराको हत्या गरेर सुटकेशमा शव फाल्ने आरोपीलाई सोमबार प्रहरीले चितवनबाट पक्रेर काठमाडौँ ल्याइसकेको छ ।

आफूलाई कल्पना शाही बताउने हत्या आरोपीको वास्तविक नाम कल्पना मुडवरी भएको खुलेको छ । कृष्णबहादुरसँग उनले सामाजिक सञ्जाल फेसबुकमा कमला पौडेलको नामबाट कुरा गर्ने गरेको समेत प्रहरीले पत्ता लगाएको छ । कल्पनाले शनिवार राति आफ्नो फ्ल्याटमा आएका कृष्णबहादुर बोहरालाई आफैंले मारेको र कसैको सहयोग नलिएको दावी गरेकी छिन् । आफूलाई दुःख दिन आएपछि हत्या गरेको उनले बताएकी छिन् । शव व्यवस्थापनमा चाहिँ उनकी १६ वर्षीया छोरीले सहयोग गरेको रहस्य खुलेको छ । कृष्णबहादुरलाई स्लिपिङ ट्याब्लेट खुवाएको र बलात्कार प्रयास गरेपछि घुँडाले संवेदनशील अंगमा हिर्काउँदा ढलेको कल्पनाको दावी रहेको छ ।

मृत्युपछि बाथरुममा लगेर उनको खुट्टा र टाउको काटेर सुटेकश र जेब्रा झोलामा लगेर सडक किनारमा फालेको कल्पनाले स्वीकार गरेकी छिन् । प्रहरीले ती महिलाको कोठाबाट ह्यामर र मासु काट्ने प्रयोग गरिने दाउ बरामद गरेको छ । त्यो दृश्य चुपचाप हेरिरहेकी कल्पना साँझ एम्बुलेन्स बोलाएर चितवन लागिन् । छोरा–छोरीसहित चितवन शक्तिखोरस्थित घरमा गएकी उनलाई चितवन प्रहरीसँगको समन्वयमा काठमाडौँ प्रहरीले टाँडीबाट पक्रेर काठमाडौँ ल्याएको हो । कल्पनालाई चितवन लैजाने एम्बुलेन्स चालकलाई समेत प्रहरीले मकवानपुरको हेटौंडाबाट नियन्त्रणमा लिएको ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार