काठमाडौं । शेयर बजारमा हाइड्रो कम्पनीको आकर्षण जारी नै रहेको बेला राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनले आईपिओ निष्काशनका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले आयोजना प्रभावित स्थानिय र सर्वसाधारणलाई गरि २९ करोड ४१ लाख ४१ हजार बराबरको २९ लाख ४१ लाख ४१ हजार कित्ता शेयर निष्काशनको लागि अनुमति माग गरेको हो । कम्पनीको बिक्रि प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ। बोर्डबाट अनुमति पाएपछि कम्पनीले आईपिओ निष्काशन गर्ने छ ।